गभर्नर र अर्थमन्त्रीबीच फेरी लफडा सुरु, ब्याजदर बढाएकाे भन्दै अर्थमन्त्री क्रुद्ध ! « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

गभर्नर र अर्थमन्त्रीबीच फेरी लफडा सुरु, ब्याजदर बढाएकाे भन्दै अर्थमन्त्री क्रुद्ध !



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर घटाउन बैंकहरुलाई दवाव दिएका छन् । बैंकमा पैसा राखेर उत्पादनमा वृद्धि नहुने भन्दै मन्त्री शर्माले ब्याजदर घटाउन दवाव दिन लागेका हुन् ।

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले काठमाडौंको भृकुटीमण्डमा आयोजना गरेको ‘नाडा इभि अटाे एक्स्पो २०२२’ लाई सम्वोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

बैंकहरुले बढाएको ब्याजदरमा असतुष्ट व्यक्त गर्दै अर्थमन्त्री शर्माले पुनर्विचारका लागि छलफल भईरहेको जानकारी गराए । उनले बैंकमा पैसा राखेर आम्दानी लिए पनि देशको उत्पादनमा विकास नहुने र उद्योग, व्यवसायमा लगानी घट्ने बताएका छन् ।

उनले भने, -’जुन देशमा बैंकमा पैसा राखेर १३ देखि १५ प्रतिशतसम्म आम्दानी लिन पाइन्छ, त्यो देशमा उत्पादन सम्भव होला ? पक्कै पनि हुँदैन । यहि नै समस्या रहेको छ । यो समस्यालाई हल गर्नुपर्छ । उनले थपे, उद्योगमा लगानी गर्दा ८ देखि १० प्रतिशत आम्दानी आउला अनि कसरी उत्पादन बढाउन सकिन्छ ?’

उनले वित्तीय नियम कडाईका साथ लागू गर्नुपर्ने अवस्था आएको बताए । ब्याजदरको सन्दर्भ सम्वन्धित निकायहरुसंग छलफल गरिरहेको र आउने हप्तामा गम्भिर छलफल गरि अगाडि बढ्न अर्थसचिवलाई निर्देशन गरिसहेको जानकारी दिए ।

बजेट मार्फत सरकारले ल्याएको उत्पादन क्षेत्रमा २ प्रतिशत ब्याजदर तोकेकाले त्यसलाई कार्यन्वयन गर्नुपर्नेमा जोड दिए । अर्थमन्त्री शर्माले भने,–’आयात रोक्दा राजस्व घटेकाले यस तर्फ सरकार सचेत रहेको छ, आयात सधैँका लागि बन्द गर्ने योजना होइन, दशैंपछि आयातको तथ्याङ्क हेरेर पुनर्विचार हुन्छ ।’

सोही अवसरमा मन्त्री शर्माले नेपालमै विद्युतीय सवारी साधन उद्योग स्थापना गर्न व्यवसायीहरूलाई आग्रह समेत गरेका छन् । नेपाललाई २०३० सम्म विद्युतीय सवारीमय बनाउनुपर्नेमा उनले जोड दिए । ’यसका लागि आवश्यक छुट तथा सहुलियत जे चाइन्छ दिन सरकार तयार रहेको उनले बताए । पछिल्लो समय नेपालमा इन्धन आयात उच्च भइरहेको छ, अब विद्युतीय सवारी मात्र होइन हाइड्रोजनयुक्त सवारी साधनतर्फ केन्द्रित हुन आवश्यक छ,’ मन्त्री शर्माले भने ।

गत भदाैदेखिनै आयात कडाई गर्ने भन्दै अर्थमन्त्रीलाई गभर्नर महाप्रसाद अधिकारीले सिफारिस गरेका थिए । तर मन्त्री शर्माले सिमित व्यापारीलाई फाइदा पुग्नेगरी राेकेर चैत्रमा मात्रै विलासी बस्तु आयात राेक लगाएका थिए ।

केही व्यापारीक घरानाकाे इसारामा चलेका अर्थमन्त्रीले गभर्नरलाईनै बर्खास्तसमेत गरेका थिए । अदालतकाे आदेशले काममा फर्किएका गभर्नर हटाउन सरकारले अनेक उपाए खाेजेपनि सफल भएकाे छैन ।

मन्त्री शर्मा अहिले पनि सिमित व्यापारीकाे प्रभावमा परेर व्याजदर बढाउन नहुने भन्दै राष्ट्र बैकप्रति आक्रामक बनिरहेका छन् । उता राष्ट्र बैककाे भने व्याज बढेपछि घरघरमा रहेकाे पैसा बैंकिङ च्यानलमा आउने र बजारमा तरलताकाे अभाव नहुने बुझाई छ । बैंकमा आक्रषक व्याज पाइने भएपछि विलासी बस्तुकाे खपत कम हुने पनि राष्ट्र बैंककाे बुझाइ रहेकाे छ ।


प्रतिक्रिया दिनुहोस्