गाडी आयातमा लगाइएको प्रतिबन्ध तुरुन्त हटाईयोस् : अध्यक्ष गोल्छा « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

गाडी आयातमा लगाइएको प्रतिबन्ध तुरुन्त हटाईयोस् : अध्यक्ष गोल्छा




काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले गाडी आयातमा लगाइएको प्रतिवन्ध तुरुन्त हटाउनुपर्ने बताएका छन् ।

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले काठमाडौंको भृकुटीमण्डम बिहीबारदेखि संचालन गरेको नाडा इभी अटो एक्स्पो २०२२ लाई सम्वोधनका क्रममा अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

सरकारले गाडी आयातमा प्रतिबन्ध लगाउँदा ९ महिना देखी अटो व्यवसायी मारमा परहेको जानकारी गराए। कार, जिप, भ्यान र १५० सिसि माथीका मोटरसाइकल आयात खुल्ला गर्न अर्थमन्त्रीसंग माग गरेका थिए ।

अध्यक्ष गोल्छाले सरकारको नीति स्थिर रहनु पर्ने भन्दै अन्तशुल्क र भन्सार महशुल बढाउन नहुने उल्लेख बताए । नाडाको पूर्व अध्यक्ष समेत रहेका वातावरण संरक्षण गर्नको लागि विद्युतिय गाडीलाई प्रोत्साहन गर्नुपर्ने धारण व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्