भाेलीबाट निर्वाचन आचारसंहिता : नियुक्ती, सरूवा बढुवा गर्न अकस्मात बाेलाइयाे मन्त्रीपरिषद « Arthapath.com
११ आश्विन २०७९, मंगलवार

भाेलीबाट निर्वाचन आचारसंहिता : नियुक्ती, सरूवा बढुवा गर्न अकस्मात बाेलाइयाे मन्त्रीपरिषद



काठमाडौं । भोलि बुधवारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने निर्णय गरेको हो ।

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुनेभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रीपरिषदको बैठक बोलाएका छन् । बैठकले चुनावसम्म हुने दीर्घकालिन नियुक्ति, सुरुवा बढुवा लगायतका निर्णयहरु गर्ने बताइएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार असोज १२ गतेदेखि आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न अनुरोध गरेका हुन । सबै पक्षबाट आचारसंहिता पालना र कार्यान्वयनमा सहयोगको अपेक्षा आयोग रहेको रहेको थपलियाले बताए ।


प्रतिक्रिया दिनुहोस्