सत्तारूढ गठबन्धन भत्किदै, माधव नेपाल र उपेन्द्र यादव बाहिरिँदै « Arthapath.com
२० आश्विन २०७९, बिहीबार

गठबन्धनमा मित्रवत प्रतिस्प्रर्धाकाे प्रश्ताव

सत्तारूढ गठबन्धन भत्किदै, माधव नेपाल र उपेन्द्र यादव बाहिरिँदै



काठमाडाैं । सत्तारूढ गठबन्धन भत्किने भएकाे छ । आसन्न आम निर्वाचनमा गठबन्धन गरेर जाने सत्ताधारी दलहरूकाे तयारीमा तुसारपात लाग्ने भएकाे छ ।

संघ र प्रदेशकाे आगामी मंसिर ४ गते हुने निर्वाचनमा सरकारमा रहेकाे कांग्रेस, माओवादी, जसपा, एकिकृत समाजवादी र राष्ट्रिय जनमाेर्चाविच हुने भनिएकाे गठबन्धन सिट बाँडफाँडमा अड्किएकाे छ ।

उम्मेदवार मनाेनयनकाे मिती नजिकिँदै जाँदा दलहरूविच सिटमा भागवण्डा नमिलेपछि बुधबारकाे गठबन्धन बैठकमा मित्रवत प्रतिस्प्रर्धाकाे प्रशताव आएकाे हाे ।

गठबन्धनमा रहेका जसपा र एकिकृत समाजवादीले आफुने पाउनुपर्ने सिट संख्या कम भएकाे भन्दै असन्तुष्टि जनाएकाे छ । गठबन्धनभित्र कांग्रेसले ८५, माओवादीले ४४, जसपाले १८ र एकिकृत समाजवादीले १२ सिटकाे प्रश्तावबारे छलफल चलेकाे थियाे ।

बुधबार सत्ताघटककाे छलफलमा सहमती नजुटेपछि पुन: बैठक बस्नेगरी अन्त्य भएकाे छ ।


प्रतिक्रिया दिनुहोस्