प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन हुने
काठमाडौं । आज उम्मेदवारको नामावली प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाका लागि उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने भएको हो ।
आयोगको कार्यतालिका अनुसार आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गर्ने भएको छ । भोलि अर्थात असोज २६ गते बिहान १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ ।
आयोगका अनुसार बुधवार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने भएको हो ।












