ब्याजदर घटाउने विषयमा अर्थमन्त्री फेल, समितिले भन्यो ‘बजारले निर्धारण गर्ने हो, हस्तक्षेप गर्न मिल्दैन’ « Arthapath.com
९ असार २०८३, मंगलबार

ब्याजदर घटाउने विषयमा अर्थमन्त्री फेल, समितिले भन्यो ‘बजारले निर्धारण गर्ने हो, हस्तक्षेप गर्न मिल्दैन’



काठमाडौं । ब्याजदरको विषयमा गठित अध्ययान समितिले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिवेदन बुझाएको छ ।

अर्थमन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख बाबुराम सुवेदीको नेतृत्वमा गठित १० सदस्यीय समितिले सोमबार मन्त्री शर्मालाई प्रतिवेदन बुझाएको हो ।

गत असोज ९ गते अर्थमन्त्री शर्माले एक साताभित्र ब्याजदर घटाउनका लागि ‘बैंकिङ तरलता, ब्याजदर र वित्तीय लागत न्यूनीकरण’ का लागि सुझाव दिन समिति गठन गरेका थिए ।

समितिलेको अध्ययन अनुसार ब्याजदर बजारले निर्धारण गर्ने प्रतिवेदलनमा उल्लेख गरिएको छ । “ब्याजदर बजारले निर्धारण गर्छ, सरकारले हस्तक्षेप गरेर बढाउन वा घटाउन सकिँदैन । नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले ब्याजदर वा अन्य विषयमा निर्देशन दिन मिल्दैन ।”- प्रतिवेदनमा उल्लेख छ।

समितिले बैंक तथा वित्तीय संस्थाले नियम विपरित बढि प्रिमियम लिएको विषयमा कडाईका साथ अनुगमन गर्नुपर्ने सुझाव दिइएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले असोज महिनाका लागि बचत खातामा १० प्रतिशत र मुद्दती निक्षेपमा १५.३ प्रतिशतसम्म ब्याजदर तोकेका थिए ।तर, अर्थमन्त्री शर्माले उक्त ब्याजदर बढी भएको भन्दै घटाउनुपर्ने बताएका थिए ।

अर्थमन्त्री शर्माले केही दिनयता ब्याजदर घटाउनु पर्ने भनेर औपचारिक मञ्चबाटै अभिव्यक्ति दिँदै आएका थिए । उनले विदेशी गाडी आयात गरेर बेच्ने सवारी विक्रेताहरूले आयोजना गरेको नाडा अटो सो उद्घाटन गर्दै ब्याजदर घटाउन एक हप्ताभित्रै आफूले पहल लिने भनेका थिए ।


प्रतिक्रिया दिनुहोस्