प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिएका मनाङे निर्विरोध निर्वाचित
काठमाडौं । स्वतन्त्र उम्मेदवारी दिएका दिपक मनाङे (राजिव गुरुङ) निर्विरोध निर्वाचित भएका छन् । उनले मनाङको प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि दिपक मनाङे र दोर्जे लामाको उम्मेदवारी परेको थियो ।
सोही क्षेत्रबाट दोर्जे लामा गुरुङले उम्मेदवारी दिएका थिए । दोर्जेले उम्मेदवारी फिर्ता लिएपछि मनाङे निर्विरोध भएका हुन् ।











