ब्याजदरलाई वान्छित सिमा भित्र राखि अर्थमन्त्र चलयामान हुने नीति अवलम्बन गर्नुपर्छ : महासंघ « Arthapath.com
९ असार २०८३, मंगलबार

ब्याजदरलाई वान्छित सिमा भित्र राखि अर्थमन्त्र चलयामान हुने नीति अवलम्बन गर्नुपर्छ : महासंघ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले वित्तीय क्षेत्रका समस्या यथाशीघ्र समाधानका लागि नियामक निकायको ध्यानाकर्षण गराएको छ ।

महासंघले अर्थतन्त्रमा आन्तरिक र बाह्य कारण बहुआयामिकत प्रभाव परिरहेको हुँदा तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व, बाह्य क्षेत्र व्यवस्थापन एवं मूल्य स्थिरताका लागि राष्ट्र बैंकको ध्यानाकर्षण गराएको हो ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा पुगेको टोली राष्ट्र बैंकले विशेष पहल लिनुपर्ने भन्दै ध्यानाकर्षण गराएका हुन् ।सोमबार अध्यक्ष गोल्छाको टोलीले राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. निलम ढुंगानासहितका उच्च अधिकारीहरुलाई भेट गरि विभिन्न सुझाव दिएको छ ।

नेपालको निजी क्षेत्र सम्भवतः हालसम्मकै कठिन अवस्थामा गुज्रिरहेको छ, अध्यक्ष गोल्छाले भने, ब्याजदर स्थायित्व चालु पुँजी कर्जा सम्वन्धी नयाँ व्यवस्था स्थगन आदिका उपायका मध्यामबाट राष्ट्र बैंकले निजी अर्थतन्त्र चलायमान बनाउनु पर्दछ ।

महासंघले पुँजीको लागत अत्याधिक बढेको जनाएको छ । बजारमा लगानीयोग्य रकमको अभाव हुँदा ब्याजदर बढी रहेको र कच्चा पदार्थ इन्धन लगायतको मूल्य समेत वृद्धि भएकाले बजार भाउ निरन्तर उकालो लागेको महासंघले जनाएको छ ।

लामो समयदेखि धेर्रै वस्तुको आयात प्रत्यक्ष एवं परोक्ष रुपमा रोकिएको, बहुपक्षीय प्रभावका कारण बजार चलायनमा हुन नसक्दा राजश्व असुली पनि २० प्रतिशत घटेको महासंघले जानकारी गराएको छ ।

महासंघले राष्ट्र बैंकलाई सुझाव दिएको छ,-“यस्तो परिस्थितीमा सरकार र राष्ट्र बैंकका लागि चुनौति पूर्ण छ । एउटा व्यवस्थापन गर्दा अर्को समस्या हुनसक्ने तफै राष्ट्र बैंक चनाखो हुनुपर्ने अवस्था देखिएको छ ।”

निक्षेपको ब्याजदर बढ्दैमा निक्षेप नबढेको तर, कर्जाको ब्याज महंगिएर निजी क्षेत्र नकारात्मक रुपमा प्रभावित भएको विगतको अनुभवलाई मनन गरि ब्याजदरलाई वान्छिट सिमाभित्र राखि अर्थमन्त्र चलयामान हुने नीति अवलम्बन गर्न महासंघको सुझाव छ ।

सोही अवसरमा राष्ट्र बैंकका तर्फबाट कार्यबाहक गर्भनर ढुंगानाले महासंघले दिएको सुझाव अध्ययन गरि समाधानका लागि उपाय खोजिने बताईन ।


प्रतिक्रिया दिनुहोस्