आचार संहिता विपरित सरकारी गाडी चडेर चुनाव प्रचार प्रसारमा सक्रिय गाउँपालिका अध्यक्ष थापा ! « Arthapath.com
९ असार २०८३, मंगलबार

आचार संहिता विपरित सरकारी गाडी चडेर चुनाव प्रचार प्रसारमा सक्रिय गाउँपालिका अध्यक्ष थापा !



बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले निर्वाचन आचार संहिता उलंघन गरेको छन् । उनले निर्वाचन आचारसंहिता विपरित सरकारी सवारी साधनको दुरुपयोग गरेका हुन् ।

थापाले काठेखोला गाउँपालिकाको नाममा रहेको ध१झ १५ नम्बरको सेतो प्लेट रहेको सवारी साधन निर्वाचन प्रचारमा प्रयोग गरेका हुन् ।

थापा चुनावी प्रचारका लागि सोही गाडी चडेर सोमबार काठेखोला गाउँपालिका–१ पालामा थापा पुगेका थिए । आफ्नै स्थानीय तहमा जनप्रतिनिधिले मत माग्न नपाईने र कुनै दल वा उम्मेदवारका लागि मत माग्न जाँदा सरकारी सवारी साधनको प्रयोग गर्न नपाईने निर्वाचन आचार संहितामा उल्लेख छ ।

थापा आफ्नै गाउँपालिका भित्र सत्ता गठबन्धनका उमेद्वार चित्रबहादुर केसी र दिपेन्द्रबहादुर थापालाईसँगै लिएर मत माग्न पुगेका हुन । चुनावी अभियानमा सहभागि नेता कार्यकर्ता सहित घरदैलोमा पुगेका थापाले आँफु चुनाव प्रचारको लागि नभई पालिकाको कामले त्यहाँ पुगेको दावी गर्ने गरेका छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्