साना कृषक र व्यवसायीलाई लघुबीमा सेवा, सहकारीबाट परिचालन गर्ने बचत १० खर्ब
काठमाडौं । नेकपा एमालेले सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने घोषणा गरेको छ । मंगलबार चुनावी घोषणा पत्र सार्वजनिक गर्दै एमालेले आगामी दुई वर्षमा सबैको बैंक खाता हुने जनाएको हो ।
पाँच वर्षमा सबै वयस्क व्यक्तिलाई कुनै न कुनै बैंक, सहकारी, लघुवित्त लगायतका वित्तीय कारोबारमा जाडिने एमालेको प्रविद्धता रहेको छ । सबै साना कृषक तथा साना व्यवसायीहरुलाई लघुबीमा सेवा उपलब्ध हुने चुनावी घोषणापत्रमा उल्लेख छ ।
यस्तै, उद्यमशीलतामा जोडिन चाहने हरेक नागरिकलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउनेर सहकारी संस्थाका सदस्यहरु १ करोड र सहकारीबाट परिचालन गर्ने बचत १० खर्ब रुपैयाँ पुर्याउने एमालेको प्रतिवद्धता छ ।
प्रतिव्यक्ति आय दोब्बर
एमालेको चुनावी घोषणा पत्रमा नेपालीको प्रतिव्यक्ति आय दोब्बर गर्ने उल्लेख छ। कृषि व्यवसायीकरण गरिने, साना, मझौला तथा ठुला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गरिने एमालेको प्रतिवद्धता रहेको छ ।
नेपालीको औसत प्रतिव्यिक्ति आम्दानी ३ रुपैयाँ अर्थात २ हजार ४ सय अमेरिकी डलर पुर्याउने घोषण पत्रमा उल्लेख छ ।
यस्तै, पर्यटनमा आधारित सेवा क्षेत्रको विस्तार, नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या आगामी पाँच वर्षमा वार्षिक २५ लाख पुर्याइने एमालेले जनाएको छ । त्यसैगरि कुल गार्हस्थ उत्पादन (जीडीपी) लाई आगामी पाँच वर्षभित्र १०० खर्ब पुर्याउने एमालेको घोषण छ ।












