वैदेशिक फण्ड ल्याउन राष्ट्र बैंकले सहयोग गरे तरलता अभाव हुँदैन: अध्यक्ष पौडेल « Arthapath.com
९ असार २०८३, मंगलबार

वैदेशिक फण्ड ल्याउन राष्ट्र बैंकले सहयोग गरे तरलता अभाव हुँदैन: अध्यक्ष पौडेल



काठमाडौं । नबिल बैकका अध्यक्ष उपेन्द्र पौडेलले नेपाली बैंकिङ क्षेत्रमा भइरहेको तरलता समस्या बिस्तारै सहज हुँदै जाने बताएका छन ।

नेपालको वर्तमान आर्थिक अवस्था र सुधारका निम्ति सञ्चारकर्मीहरुको खेल्नुपर्ने भुमिका विषयक अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन ।

अध्यक्ष पौडेलले तराई विकास तथा सञ्चार केन्द्रले आयोजना गरेको कार्यक्रममा देशले आर्थिक संकटबाट पार गरिसकेकाले अब विस्तारै तलरता समस्या समाधान हुने बताए ।

उनले नेपालमा वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको धारणा व्यक्त गरे । उनले भने,-‘राष्ट्र बैंकको सहयोगमा वैदेशिक फण्ड नेपाल भित्र्याउन सकियो भने क्रमिक रुपमा तलरलता सहज बन्छ । विदेशी विनियम सञ्चिति पनि बढ्छ र देशको विकास हुन समय लाग्दैन ।’

उनले रेमिट्यान्स बाहेका बाह्य लगानी ल्याउन प्रमुख आवश्यक रहेको धारण व्यक्त गरे । सोही अवसरमा उनले श्रीलंकासंग नेपालीको अर्थतन्त्रलाई तुलना गर्न नमिल्ने बताए । उनले भने,–’विश्व अर्थतन्त्रमा परेका प्रभावको असर नेपाल पनि देखिएको हो । तर। हामी वित्तीय रुपमा धेरै सधार भईसकेका छौं, श्रीलंकासंग दाज्न मिल्दैन ।’

नेपालीको कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा उनले जोडदिए । उनले भने,–’कृषि क्षेत्रमा लगानी वृद्धिगरि देशको आर्थिक समृद्धि हुन्छ, फुड सेक्युरिटी नै मुख्य प्राथमिकता हो ।’


प्रतिक्रिया दिनुहोस्