‘निजीकरण गर्दा उद्योग बन्द भएका हुन्,कांग्रेसले बेचेर खाएको होइन’ : गगन थापा « Arthapath.com
१५ मंसिर २०७९, बिहीबार

‘निजीकरण गर्दा उद्योग बन्द भएका हुन्,कांग्रेसले बेचेर खाएको होइन’ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा निजीकरण गर्दा उद्योग बन्द भएको बताएका छन् ।नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औं वार्षिक साधारण सभालाई सम्वोधनका क्रममा यस्तो बताएका हुन् ।

सोही अवसरमा उनले भने,-‘अहिले पनि कांग्रेसलाई २०४८ सालपछि भएका उद्योग बेचेर खायो भनिन्छ । अहिले पनि सरकारले उद्योग चलाउन सकिन्छ ? उद्योग बेचेर खायो भन्ने भास्य बन्द गरौं । निजीकरण गर्दा उद्योग बन्द भएका हुन ।’

पूर्वमन्त्री थापाले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर प्रधानमन्त्तीले ५ महिनामा केके गर्ने भन्ने स्पष्ट योजना ल्याउनुपर्ने बताएका छन् । उनले भने,-‘अब आयातमा पुर्नविचार गर्ने बेला भयो । ८ महिना आयात रोक्दा अर्थतन्त्रमा केही सकारात्मक भएपनि दिर्घकालिन रूपमा असर देखिन्छ ।’

‘वितरण र बाँड्न जत्तिको सजिलो कुनै सरकारलाई हुन्छ । अब प्रतिस्प्रर्धाले ५० वर्षमै भत्ता पाइन्छ कि भन्ने डर भयो ।’- उनले भने ।


प्रतिक्रिया दिनुहोस्