देशको अर्थतन्त्र सहज अवस्था छैन, पुँजीगत खर्च पनि अपेक्षित भएन : मुख्य सचिव बैरागी « Arthapath.com
१६ मंसिर २०७९, शुक्रबार

देशको अर्थतन्त्र सहज अवस्था छैन, पुँजीगत खर्च पनि अपेक्षित भएन : मुख्य सचिव बैरागी



काठमाडौं । नेपाल सरकारका मुख्य सचिव डा. शंकरदास बैरागीले पुँजीगत खर्चको अंश अपेक्षित रुपमा हुन् नसकेको बताएका छन् ।

नेपाल उद्योग परिसंघ(सीएनआई)ले बजेटको प्रभावरी कार्यान्वयनका लागि आयोजना गरेको बजेट वाच कार्यक्रममा मुख्य सचिव बैरागीले यस्तो बताएका हुन् ।

उनले पूँजीगत खर्चको अंश अपेक्षाकृत रुपमा हुन नसकिरहेको भन्दै पूँजीगत खर्च बढाउनेतर्फ ध्यान दिन आग्रह गरे । देशको विकास र समृद्धिका लागि उद्योग क्ष् देशको विकासका लागि उद्योग क्षेत्रको विकास नभएसम्म देशको विकास हुँदैन भन्नेमा सरकार सजग रहेको जानकारी गराए ।

‘नीतिगत सुधार गर्न कहाँ हस्तक्षेप गर्नुपर्छ, त्यहाँ निजी क्षेत्रबाट सुझावको अपेक्षा गरेका छौं” उनले भने, -‘सरकारले लिएका योजना तथा कार्यक्रम सुधार सहि दिशामा छ की छैन, ठिक मार्गमा छ की छैन भन्नेमा इमादारिताका साथ हेर्नुपर्छ ।’

साही अवसरमा मुख्य सचिव बैरागीले अर्थतन्त्र सहज अवस्थामा नभएको भन्दै त्यसबारेमा सरकार जानकार रहेको र अर्थतन्त्र सुधारका लागि आत्मविश्वास बढाउनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्