‘स्टार्टअप कार्यविधि र परियोजना कर्जा कार्यान्वयनमा आउँछ, ब्याजदर पनि वाञ्चित सीमाभित्र’ : अर्थमन्त्री पौडेल « Arthapath.com
९ माघ २०७९, सोमबार

‘स्टार्टअप कार्यविधि र परियोजना कर्जा कार्यान्वयनमा आउँछ, ब्याजदर पनि वाञ्चित सीमाभित्र’ : अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाली अर्थतन्त्रमा देखिएका समस्या विस्तारै साधान हुँदै गएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलन (एसएमईज) लाई सम्वोधनका क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

सो अवसरमा उनले सरकारले निजी क्षेतको मागहरु समेत पुराँ हुँदै भएको बताए । उनले भने,– ‘निजी क्षेत्रलार्य सरकारले सहयोगर प्रवद्र्धन गर्न चाहान्छ, यो सरकारले निजी क्षेत्रकै जायज मागहरुलाई सम्वोधन गर्दे जानेछ ।’ निजी क्षेत्रका समस्या सुन्ने र जायज समस्या समाधानका लागि आफूले काम गर्ने उनको भनाइ छ । उनले साना र मझौला उद्यमीलाई वित्तीय क्षेत्रमा पहुँच कसरी बढाउन सकिन्छ भन्ने विषयमा निजी क्षेत्रबाट सुझाव आउनुपर्ने बताए ।

सोही अवसरमा अर्थमन्त्री पौडेलले ब्याजदर, चालुपुँजी कर्जा, आयातमा नगद मार्जिनको व्यवस्था, आयातमा लगाइएको प्रतिवन्ध हटाइएको बताए । पछिल्ला दिनहरुमा ब्याजदर घट्दै गएको भन्दै आगामी दिनमा पनि ब्याजदर वाञ्चित सीमाभित्र हुने र यसका लागि राष्ट्र बैंक र सरकार नियमित छलफल गरिरहेको बताए ।

साना उद्योगलाई सहज वित्तीय पहुँच र कम ब्याजदरमा ऋण दिने तथा मुद्रा स्फ्रिती र ब्याजदरको उचित तालमेल मिलाउने उनको भनाई थियो । सोही अवसरमा अर्थमन्त्री पौडेलले लामो समयदेखि बन्न नसकेको स्टार्टअप कार्यविधि र परियोजना कर्जासम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने जानकारी गराए ।

सम्वन्धित क्षेत्रको सुझावका आधारमा लघु, घरेलु, साना तथा मझौला उद्योगका समस्या पहिचान गरी समाधानका लागि सरकारले पहल गर्ने


प्रतिक्रिया दिनुहोस्