‘सबै सार्वजनिक संस्थानमा खर्च कटौति आवश्यक, ब्याजदरलाई वाञ्चित सीमाभित्र राख्नुपर्छ’: अर्थमन्त्री पौडेल « Arthapath.com
१० माघ २०७९, मंगलवार

‘सबै सार्वजनिक संस्थानमा खर्च कटौति आवश्यक, ब्याजदरलाई वाञ्चित सीमाभित्र राख्नुपर्छ’: अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक संस्थानहरुले पनि खर्च कटौति गर्नुपर्ने बताएका छन् ।राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवलाई सम्वोधनका क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

नेपाली अर्थतन्त्रलाई चलायनमा बनाउका लागि अब सार्वजनिक संस्थानहरुको पनि खर्च कटौति आवश्यक रहेको बताए हुन् ।उनले भने,– ‘अहिले बैंकिङ्ग प्रणालीमा तरलता अभाव छ । ब्याजदरलाई वाञ्चित सीमाभित्र राख्नुपर्ने छ । अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकारले मात्रै होइन सबै निकायम खर्च खटौति गर्न आवश्यक छ ।’

पौडेलले अर्थतन्त्रमा हाल देखिएका समस्या समाधानमा सबैको पहल आवश्यक रहेको भन्दै खर्च कटौति गर्नुपर्ने र सबै निकायहरु मितव्ययी अपनाउनुपर्नेमा जोड दिए ।

अर्थतन्त्रलाई चलायमान बनाउन र उद्यमशीलतालाई वृद्धि र रोजगार बढाउनका लागि आर्थिक वृद्धि आवश्यक रहेको बताए । उनले भने,–‘हामी उच्चतम आर्थिक वृद्धि गर्ने लक्ष्यमा छौं, त्यसमा राष्ट्रिय वाणिज्य बैंकको पनि विशेष भुमिका हुनेछ । अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिलाई सकरात्मक बनाउन पहल गर्नेछ ।’

बैंकहरु आफ्नो मुनाफामा मात्र केन्द्रित नभई गुणस्तरीय सेवामा समर्पित हुनुपर्ने उनको भनाई थियो । उनले भने,–‘सरकारको लगानीमा रहेको बैंक, आफ्नो मुनाफामा केन्द्रित हुनुहुँदैन, गुणस्तरीय सेवा प्रदान नै मुख्य हो । सरकारी बैंकलाई कसरी गुणस्तरीय सेवा र तल्लो तहका सर्वसाधारण समक्ष सेवा प्रदान गर्ने भन्नेमा छलफल आवश्यक छ ।’

आफ्नो देशव्यापी शाखा सञ्जाल मार्फत निक्षेप परिचालन गरि कर्जा लगानी मार्फत मुलुकको आर्थिक विकासमा बैंकको भुमिका महत्वपूर्ण रहेको बताए । बैंकिङ्ग सेवा प्रति ग्राहकहरुको आकांक्षा तिव्ररुपमा परिवर्तन भईरहेको सन्दर्भमा राष्ट्रिय बाणिज्य बैंकले सेवाव सुविधाहरुमा गुणस्तरीयता अभिवृद्धि गरि अझै भरपर्दो, विश्वासनीय, सुरक्षित तथा ग्राहकमैत्री बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाई थियो ।


प्रतिक्रिया दिनुहोस्