मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा छ, बैंकहरुले ऋण लगानी गर्ने क्षमता गुमाएका छन् : पूर्वअर्थमन्त्री पाण्डे « Arthapath.com
२० जेष्ठ २०८०, शनिबार

मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा छ, बैंकहरुले ऋण लगानी गर्ने क्षमता गुमाएका छन् : पूर्वअर्थमन्त्री पाण्डे



काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन् ।

शनिबार अर्थविद् स्वर्गीय डा. गाेविन्द बहादुर थापाकाे लेखहरू संकलित ‘अर्थतन्त्रको आँखीझ्याल’ पुस्तक लोकार्पण कार्यक्रममा पाण्डेले यस्तो बताएका हुन् ।

उनले मुुलुकको अर्थतन्त्र धेरै अफ्ठ्यारो परिस्तीथीमा गएको बताए । उनले सरकार र निजी क्षेत्रको ऋण बढ्दै गएको बताए । उनले भने,– ‘अहिले सरकार र निजी क्षेत्रको ऋण बढ्दै गएको छ । बैंकको व्याजदर घट्ने सम्भवना पनि छैन । त्यसमाथि बैंकहरुको ऋण लगानी गर्ने क्षमता पनि छैन । आर्थिक संकट आउने हो कि भन्ने डर छ ।’ उनले थपे ‘यो अवस्थालाई समाधान गर्न तर्फ हामी अघि बढ्नु पर्छ । परिस्थीति बदल्ने गरि हामी अघि बढ्नुपर्छ ।’

ब्याजदर पनि घट्ने र कमि आउने कुनै अवस्था नरहेको पाण्डेले बताए । उनले भने,–यति बेला निजी क्षेत्रले पनि ब्याजर घटाउन भनिरहेका छन् । तर, त्यसमा गिरावट आउने कुनै चान्स र गुञ्जायस म देख्दिन । यसपालि बैंकहरुले ऋण लगानी गर्ने क्षमता गुमाउँदै गएका छन् ।

अर्थतन्त्रको आँखीझ्याल डा. थापाले जिवत रहँदै बिभिन्न समयमा लेखेको लेख, रचनाहरु संग्रह गरेर प्रतिष्ठानले उनको पुस्तक तयार गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र प्रतिष्ठानकी अध्यक्ष इन्दीरा थापा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ, पुर्व गर्भनर बिजयनाथ भट्टराई र पुर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले संयुक्त रुपमा उनको पुस्तक बिमोजन गरेका हुन् ।

बिमोचन समारोहमा प्रमुख अतिथि पाण्डे, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ, पुर्व गर्भनर बिजयनाथ भट्टराई र पुर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले डा. थापाकाे याेगदान र कामको बारेमा बाेलेका थिए ।


प्रतिक्रिया दिनुहोस्