‘आगामी मौद्रिक नीति साउन १५ भित्रै ल्याउँछौं, ब्याजदर अझै घट्छ’: गभर्नर अधिकारी « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

‘आगामी मौद्रिक नीति साउन १५ भित्रै ल्याउँछौं, ब्याजदर अझै घट्छ’: गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति साउन १५ गतेभित्र नै ल्याउने तयारी रहेको बताए ।

इकोनोमिक मिडिया सोसाईटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा गर्भनर अधिकारीकले यस्तो बताएका हुन् ।
उनले आगामी साउन १५ सम्म ल्याईसक्ने मौद्रिक नीतिले पनि ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पछ्याउने बताए । मौद्रिक नीतिका लागि विभिन्न निकायसंग राय सुझाव पनि मागेको उनले जानकारी गराए । सोही अवसरमा गभर्ननर अधिकारीले बजेटले तोकेको आर्थिक वृद्धिको लक्ष्यलाई पछ्याउने गरी आउने बताए ।

अर्थतन्त्रको शिथिलतालाई ध्यानमा राखेर आगामी आर्थिक बर्षको बजेट आएको र सोही बजेटलाई सहजीकरण गर्नेगरी आगामी आवको मौद्रिक नीति पनि आउने गभर्नर अधिकारीको भनाई छ । यसका साथै अर्थतन्त्रको शिथिलतालाई माथि उठाउन १७ खर्ब ५१ अर्बको बजेट सिलिङ आएको बताए ।

उनले भने,–‘यसपालिको बजेटमा लक्ष्यहरु पनि अत्यन्तै व्यवहारिक राखिएको छ । त्यति धेरै आकांक्षा राखेर आर्थिक वृद्धिको लक्ष्य तोकिएको छैन । यो लक्ष्य मौद्रिक नीतिमा पनि राख्नेछौं । नेपाल राष्ट्र बैंकले बजेटको लक्ष्य हाँसिल गर्नकै लागि मौद्रिक नीतिको तयारी गरेको छ ।

उनले भने,–‘मौद्रिक नीतिमार्फत स्थिति सहज भएको अवस्थामा बैंक ब्याजदर अझै घटाउन सकिन्छ । तर, परिस्थिति सहज भएन भने पिडा सहनै पर्ने हुन्छ ।’


प्रतिक्रिया दिनुहोस्