प्रत्येक वर्षको बजेटको आकार एकातिर र वास्तविकता अर्कैतिर हुन थाल्यो : सासंद वाग्ले « Arthapath.com
२२ जेष्ठ २०८०, सोमबार

प्रत्येक वर्षको बजेटको आकार एकातिर र वास्तविकता अर्कैतिर हुन थाल्यो : सासंद वाग्ले



काठमाडौं । सासंद तथा अर्थिविद डा. स्वर्णिम वाग्लेले बजेट निर्माण वास्तविकताबाट निक्कै पर जान थालेका बताएका छन् ।
प्रत्येक वर्ष बजेटको आकार एकातिर र वास्ताविकता अर्कैतिर हुन थालेको सांसद वाग्लेको भनाई छ ।

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले सोमबार राजधानीमा आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । सो अवसरमा सासंद वाग्लेले बजेटलाई रियालिष्टिक बनाउन निकै ढिला भैसकेको बताएका हुन् । सासंद वाग्लेले भूकम्प कोभिडले गर्दा बजेटको आकार ठूलो बनाउनु परेको बताए ।उनले भने,–‘भुकम्पपछिको बजेट पुननिर्माणका लागि ठूलो बनाइएको थियो। सो बेलादेखी बढेको बजेट बढ्ने क्रम रोकिएको छैन ।’

पछिल्लो समय बजेटको महत्वकांक्षा बढ्दै गएको उनले बताए । उनले भने ‘भुकम्प भन्दा एक वर्ष अघिको बजेट ६ खर्ब १९ अर्बको थियो, यसपिछि ८ सय २० अर्ब पुग्यो यसबेला यो आवश्यक पनि थियो तर पछिल्लो समय महत्वकाँक्षा बढ्दै गएको देखिन्छ।’ उनले थपे,–‘इतिहासमै सबैभन्दा सजिलो बजेट भनेको पुर्व अर्थमन्त्री युवराज खतिवडाले ल्याएको बजेट हो । यो बजेट १३ अर्ब १५ अर्बको थियो। २ तिहाई सासंद सहितको एकदलिय सरकार, भुकम्पबाट तग्रिसकेको बजेट तर यो बजेट पनि ११ खर्ब १० अर्ब भन्दा खर्च हुन सकेन। यसलाई हामीले महत्वपुर्ण बजेट अभ्यासको रुपमा हेर्नुपर्छ ।’

पुर्वअर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट इतिहासकै डपजास्टर र हावादारी बन्न थालेको टिप्पणी गरे । साथै सो बजेटमा सबैभन्दा धेरै नीतिगत भ्रष्टाचार भएको बताए । ‘अहिले सार्वजनिक भएको बजेटमा पनि नीतिगत भष्टाचारको विषय उठेको छ । तर, यो विषय सत्य नहोस् म मन्त्री प्रकाशशरण महतलाई शुभकामना दिन पनि चाहान्छु’–उनले भने ।

१७ सय ५१ अर्बको बजेटलाई पनि पत्याउन सकिने स्थिति नभएको वाग्लेले बताए। उलने वैदेशिक अनुदान र ऋण परिचालन कमजोर बन्दै गएको बताए । ‘राजस्वको कर्मचारीको क्षमतामा कमजोरी बढ्दैछ। आर्थिक वृद्धिमा पनि सोही अवस्था देखिइरहेको छ। नयाँ सिराबाट काम गर्नुपर्ने देखिएको छ।’–वाग्लेले भने । सामाजिक सुरक्षामा ब्रेक लगाउन सकिएन भने निक्कै ठूलो दायित्व जाने वाग्लेको बनाई छ । यसको लागि सामूहिक सोलुसन आवश्यक रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्