पुँजी बजार कमजोर हुने नीति लिन्न: अर्थमन्त्री महत « Arthapath.com
२५ जेष्ठ २०८०, बिहीबार

पुँजी बजार कमजोर हुने नीति लिन्न: अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले सेयर बजारमा कमजोर बनाउने नीति नलिने बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।

उनले सेयर बजारमा समिति व्यक्ति हावी हुने कार्यको अन्त्य हुनुपर्नेमा जोड दिए । ‘धितोपत्र बोर्ड सेयर बजारलाई स्वस्थ्य र बजार विस्तार गर्न लागोस्, बजारलाई कमजोर बनाउने नीति लिन्न’– अर्थमन्त्री महतले भने

उनले सेयर बजार सिमित व्यक्तिको चलखेल हुनुबाट रोक्नु पर्ने बताए । उनले भने,–‘सेयर बजार सुधारका लागि मन्त्रालय सकारात्मक छ । बजार सिमितको हातमा जाने कार्यबाट रोक्नुपर्छ । नियमित सेयर बजारमा खेल्नेहरुले समाजिक सञ्जाल नकारात्मक प्रचार गरेका छन् । बजारलाई सिमित व्यक्तिको फाइदा हुने हुनु हुदैन ।’

पछिल्लो समय सेयर बजार निकै ठूलो आकर्षक बढेको र यसलाई नियमन गर्न बोर्डको दायित्व र जिम्मेवारी बढेको अर्थमन्त्री महतको नभाई छ । राष्ट्र बैंकले गर्न कार्य र मन्त्रालयबाट कुनै नकारात्मक प्रभाव पर्ने काम नगर्ने बताए ।

‘सेयर बजारले निश्चित व्यक्तिलाई फाइदा पुर्याउने माध्यमका रुपमा धितोपत्र बोर्ड माध्यम बन्नु हुँदैन’, मन्त्री डा. महतले भने– ‘सेयर बजारमा लगानी गर्दा बढी फाइदा हुन्छ कि भनेर अथवा भोलि केही होला कि भनेर जसले गाँस काटेर लगानी गरेका छन् उनीहरुको सुरक्षा गर्ने सबैभन्दा ठूलो जिम्मेवारी धितोपत्र बोर्डको हो ।’

‘शेयर बजारलाई प्रतिस्पर्धात्मक बनाएर लैजानुपर्छ । कमोडिटी बजारलाई पनि सेयर बजारमा प्रवेश गराउने चर्चा चलिरहेको छ । धितोपत्र बोर्डलाई अटोमेटेट सिस्टम लैजाने, हरेक क्रियाकलापलाई कागज रहित बनाएर लैजाने, कसैले अनपेक्षित फाइदा लिन नपाउने सुनिश्चिता गर्नेलगायतका कुरामा उच्च सर्तकता धितापत्र बोर्डले अपनाउने छ’, मन्त्री डा। महतले भने ।

सूचना प्रविधिको भरपूर उपयोग गर्न अर्थमन्त्री डा। महतले सुझाउनु भएको छ । उनले धितोपत्र बोर्ड छिट्टै आफ्नै भवनमा सर्नका लागि अर्थ मन्त्रालयले सक्दो सहयोग गर्ने बताए ।

‘लगानिकर्ताको रकम सुरक्षा गर्नुपर्छ । बोर्डले नियमनमा विशेष ध्यान दिन आवश्यक छ । अब सिमित व्यक्तिको चलखेल गर्ने र उनीहरुकै सेरोफेरोमा बजार चल्ने कार्यको अन्त्य हुनुपर्छ ।’–अर्थमन्त्रीले भने ।


प्रतिक्रिया दिनुहोस्