दुई महिनामा भित्र ९३ वटा ब्रोकर संचालनमा ल्याउँछौं, अर्को वर्ष कमोडिटी एक्सचेञ्ज : अध्यक्ष हमाल « Arthapath.com
२५ जेष्ठ २०८०, बिहीबार

दुई महिनामा भित्र ९३ वटा ब्रोकर संचालनमा ल्याउँछौं, अर्को वर्ष कमोडिटी एक्सचेञ्ज : अध्यक्ष हमाल



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अब दुई महिनामा भित्र ९३ वटा ब्रोकर संचालन ल्याउने बताएका छन् ।

बोर्डको ३१औं वार्षिकोत्सवको अवसरमा आयोजित एक समारोहमा अध्यक्ष हमालले यस्तो जानकारी दिएका हुन् । उनले पछिल्लो सयम थप १८ ब्रोकरलाई लाइसेन्स दिएको बताए ।

उनले भने,– ‘थप १८ वटा ब्रोकलाई लाइसेन्स दिएका छौं, हाल ब्रोकरको संख्या ६८ पुगेको छ, अब दुई महिनामा ९३ ब्रोकर संचालनमा ल्याउँछौं ।’ सोही अवसरमा अर्को वर्षदेखि भने कमोडिटी एक्सचेञ्ज संचालन गर्ने लक्ष्य रहेको अध्यक्ष हमालले बताए ।

बोर्ड पछिल्लो समय डिजिटलमा उल्लेखित सुधार गर्दै आफ्ना सम्पूर्ण कामलाई पूर्ण रुपमा डिजिटल गर्न लागि परेको बताए छन् । उनले भने,–‘आफ्नो कार्यकालमा कर्मचारीलाइ थप प्रोत्साहन मिलोस भनेर कर्मचारीको सेवा सुबिधामा अझ वृद्धि गर्न छौ ।’

उनले आइपीओ निष्काशनको प्रक्रियालाई सरल र सहज बनाएको बताए । आइपिओ अनुमतिका लागि पनि ४५ दिनभित्र गर्ने उनको भनाई थियो ।

बोर्डले एनआरएन लगानी भित्र्याउने कुरा निकै स्वागत योग्य रहेको बताए । सोही अवसरमा सि आस्बा लाग्ने गरेको शुल्क मिनाहाले ५० लाख लगानिकर्ता लाभान्वित भएको उनले बताए ।

कर्मचारीको क्षमता वृद्धि विकास गर्न जरुरी रहेको बताउदैं वित्तीय साक्षरता बढाउन क्यापिटल मार्केट ईन्स्टिच्युट संचालन गर्ने तयारी रहेको हमालले बताए ।


प्रतिक्रिया दिनुहोस्