स्रोत व्यवस्थापन र वितरण हिसाबमा बजेट एकात्मकवादी छ, राष्ट्रिय पुँजी निर्माण आवश्यक: सांसद गुरुङ « Arthapath.com
२५ जेष्ठ २०८०, बिहीबार

स्रोत व्यवस्थापन र वितरण हिसाबमा बजेट एकात्मकवादी छ, राष्ट्रिय पुँजी निर्माण आवश्यक: सांसद गुरुङ



काठमाडौं । प्रतिनिधि सभाका सदस्य पृथ्वी सुब्बा गुरुङ्गले सरकारले ल्याएको बजेटको गन्तव्य अस्पष्ट देखिएको बताए ।बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसद गुरुङले यस्तो बताएका हुन् ।

उनले ७६१ वटा सरकार छन् भन्ने कुरामा बजेटले भुलेको बताए । उनले भने,–‘स्रोतको व्यवस्थापन र बजेटको वितरणको हिसावले बजेट एकात्मकवादी रहेको छ । यो बजेटले संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मर्मलाई छुन सकेको छैन ।’

प्रगतिशील उत्पादन विकासको तुलनामा बजेटले कुनै पनि विषयहरु समावेश नगरेको उनको भनाई छ । ‘यो बजेट नेपालको राजनीति अर्थशास्त्र नजनोको बजेट हो । भुलेको बजेट, नचिनेको बजेट हो । प्रगतिशील उत्पादन विकासको तुलनामा बजेट केही विषय पनि समेटेको छैन’– सांसद गुरुङले भने ।

सोही अवसरमा राष्ट्रिय पुँजीको निर्माणले मात्रै धनी र गरीवको वर्गाीय खाडल मेट्न सकिने उनको भनाई छ । ‘उत्पादनमुखी अर्थतन्त्रको विकास गरेर मात्रै राष्ट्रिय पुँजीको निर्माण गर्न सक्छौं । राष्ट्रिय पुँजीको विकास गरेर मात्रै धनी र गरिव बीचको खाडल मेटाउन सकिन्छ’– उनले भने ।


प्रतिक्रिया दिनुहोस्