सेयर बजारको फोहोरो पोखरी अब प्रतिस्पर्धाबाट सफा गर्नुपर्छ : अध्यक्ष हमाल « Arthapath.com
२५ जेष्ठ २०८०, बिहीबार

सेयर बजारको फोहोरो पोखरी अब प्रतिस्पर्धाबाट सफा गर्नुपर्छ : अध्यक्ष हमाल



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले नेपाली सेयर बजार सानो पोखरी भएपनि फोहर भएको बताएका छन् ।

नारायण सापकोटाद्वारा लिखित पुस्तक सेयरपुर विमर्श कार्यक्रममा यस्तो बताएका हुन् । यद्यपि, प्रतिस्पर्धाबाट बजारको फोहोर सफा गर्ने सकिने उनको भनाई थियो ।

बोर्डले प्रणाली सुधारमा व्यापक तरिकाले लागेको बताए । उनले भने,–‘ बोर्डले प्रणली सुधार, लगानीको गुणस्तरीयता र प्रतिस्पर्धा बजार बनाउन लागि परेको छ ।’ उनले थपे,–‘सेयर बजारको पोखरि सफा गर्नेलाई प्रतिस्पर्धा चाहिन्छ सिन्डिकेट बजारमा हुनुहुँदैन ।’

सोही अवसरमा आफ्नो कार्यकालमा आफुले १ महिनामा ४ आइपिओको फाइल खोल्ने गरेको हमाले जानकारी गराए बताए । ‘३५ दिनमा ४५ कम्पनीलाइ ब्रोकर लाइसेन्स अगाडि बढाएको छ । दिन रात, शनिबार पनि नभेर ४ कम्पनीको आइपिओ फाइल १ महिनामा खोलेका छौं’– अध्यक्ष हमालले भने ।


प्रतिक्रिया दिनुहोस्