बैंक र बीमा कम्पनीले तिर्नुपर्ने करमा बालेनले कैंची लगाएका हुन् ? यस्तो छ महानगरले तोकेको करको दर « Arthapath.com
१० असार २०८०, आईतवार

बैंक र बीमा कम्पनीले तिर्नुपर्ने करमा बालेनले कैंची लगाएका हुन् ? यस्तो छ महानगरले तोकेको करको दर



काठमाडौं । बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी, मनी एक्सचेन्ज, रेमिट कम्पनी र ब्रोकर लगायत वित्तिय सेवा दिने कम्पनीले काठमाडौं महानगरलाई तिर्नुपर्ने करको दरलाई यथावत राखेको छ ।

काठमाडौं महानगरले आइतबार आगामी आर्थिक वर्ष वार्षिक बजेट सार्वजनिक गरेको छ । त्यससँगै ल्याइएको आर्थिक विद्येयक, २०८० मार्फत वित्तिय क्षेत्रका कम्पनीलाई लगाइएको करको दर यथावत राखिएको हो ।

विशेषगरि वित्तिय क्षेत्रका कम्पनीले व्यवसाय र नविकरण बापत महानगरलाई तिर्नुपर्ने करको दरलाई यथावत राखिएको हो । त्योअनुसार अब काठमाडौं महानगर भित्र पर्ने वित्तिय क्षेत्रका कम्पनीको केन्द्रीय कार्यालय, शाखा कार्यालय लगायतका कार्यालयहरुले यसअघिकै दरमा कर तिरेर नविकरण गर्न सक्नेछन् ।

काठमाडौं महानगर भित्रका वाणिज्य बैंकका केन्द्रीय कार्यालयले महानगरलाई वार्षिक १ लाख रुपैयाँ नै तिर्नुपर्नेछ । प्रति शाखा कार्यालय भने ५० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्तै, बीमा कम्पनीहरुको केन्द्रीय कार्यालयले ५० हजार र शाखा कार्यालयले २० हजार रुपैयाँ नै शुल्क तिर्नुपर्ने हुन्छ ।

काठमाडौं महानगर संघीय राजधानी भित्र पर्छ । त्यसले गर्दा वित्तिय क्षेत्रका अधिकांश कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगर भित्रै र्छ । साथै, यहाँ त्यस्ता कम्पनीको शाखा कार्यालयको संख्या पनि धेरै छ । त्योअनुसार यस शिर्षकमा महानगरले ठुलो रकम उठाउदैं आएको छ ।

कुन बर्ष कसलाई कति कर ?

आगामी आव २०८०/८१ का लागि:


चालु आव २०७९/८० का लागि:


प्रतिक्रिया दिनुहोस्