जीर्ण बन्यो चिन जोड्ने अन्तर्राष्ट्रिय नाकाको रोङ्गा पुल « Arthapath.com
२२ माघ २०८०, सोमबार

जीर्ण बन्यो चिन जोड्ने अन्तर्राष्ट्रिय नाकाको रोङ्गा पुल



रसुवा/नेपाल–चीन अन्तर्राष्ट्रिय नाका जोड्ने रोङ्गा खोलाको पुल जीर्ण बनेको छ ।

चीन सरकारको सहयोगमा स्याफ्रुबेँसी–रसुवागढी सडक १६ किलोमिटर सडक चीन सरकारको सहयोगमा निर्माण हुँदा बनेको पुल अहिले पुलको बीचभागमा प्वाल परेको छ ।

पुल स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा पर्छ । पासाङल्हामु सडकलाई गोसाइँकुण्ड गाउँपालिका– ५ स्याफ्रुबेँसीबाट रसुवागढी नाका जोड्ने उक्त पुल ०६६ मा चीन सरकारले निर्माण गरिदिएको हो ।

दैनिक चार–पाँच सय मालवाहक कन्टेनर गुड्ने पुल अहिले जीर्ण बनेको छ । ‘रसुवागढी नाकाबाट नियमित मालवाहक गाडी आउने पुल कतिबेला ढल्ने हो भन्ने त्रास छ,’ गोसाइकुण्ड गाउँपालिका– १ का अध्यक्ष उर्केन लामाले भने, ‘पुलको ढलान ठाउँ–ठाउँमा प्वाल परेको र पिलरको रङ पनि खिया लागे पनि सडक विभाग वा कुनै निकायले चासो दिएको छैन ।’

उक्त पुल भएर गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर १, २, ३ र आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर ३, ४ र ५ तथा रसुवागढी नाका पुगिन्छ । २०५८ सालमा स्याफ्रुबेँसी सडक निर्माणका लागि दुवै सरकारबीच सम्झौता भएको थियो ।

लिच्छविकालमा अंशुबर्मा र उनकी छोरी भृकुटी यही नाका हुँदै घर–माइती गर्ने र तिब्बतसँगको व्यापार गर्ने मुख्य ऐतिहासिक नाका थियो ।


प्रतिक्रिया दिनुहोस्