२८ हजार ७०० मेगावाट विद्युत उत्पादनका लागि वन, जग्गा लगायतका विषयमा सहजीकरण गुर्नपर्छः अध्यक्ष कार्की « Arthapath.com
१३ बैशाख २०८१, बिहीबार

२८ हजार ७०० मेगावाट विद्युत उत्पादनका लागि वन, जग्गा लगायतका विषयमा सहजीकरण गुर्नपर्छः अध्यक्ष कार्की



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले १३ खर्ब रुपैयाँ जलविद्युत आयोजनामा लगानी भइसकेको बताए ।

हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन समारोहमा अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । उनले भने,‘आर्थिक वृद्धि र रोजगारी सिर्जनामा महत्वपूणर् भुमिका खेलिरहेको र दक्ष, अर्र्धदक्ष र अदक्ष गरी ५ लाख भन्दा धेरै नागरिकले रोजगारी पाइरहेको छन ।’

उनले पछिल्लो समयमा विद्युत् निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्नमा सफल भएको र यसलाई अझ वृद्धि हुदै जाने विश्वास व्यक्त गरे । सरकारले राखेको २८ हजार ७ सय मेगावाट विद्युत उत्पादन गर्नको लागि वन, जग्गा लगायतका विषयमा सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

एक्स्पोले आसन्न लगानी सम्मेलनको लागि पनि सहयोग पुग्ने अध्यक्ष कार्कीको भनाइ छ । विदेशी लगानी वृद्धि गर्नको लागि नीतिगत सुधार र प्रक्रियागत झमेलालाई सहज बनाउदै लैजान सरकारसँग आग्रह गरे ।

जलविद्युत परियोजना विकाससँग स्थानीय विकासमा महत्वपूणर् सहयोग पुगिरहेको छ । आयोजाना प्रवद्र्धकले स्थानीय सडक, खानेपानी, स्वास्थ्य चौकी, खेलमैदानलगायतका पूर्वाधारमा निर्माणमा योगदान पुर्याएको बताए ।

नेपालका लागि क्यानाडाका राजदुत क्यामरुन म्याकीले भिडिया सन्देशमार्फत नेपालको समृद्धिको लागि जलविद्युतको विकास महत्वपूणर् रहेको उल्लेख गरे । ‘नेपालमा जलविद्युत परियोजनाको विकास गर्नको लागि क्यानाडासँग रहेको शीप ज्ञान र अनुभव उपयोगी हुने विश्वास छ’ उनले भने । उनले नविकरणीय ऊर्जा विकासको लागि अद्यावधिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्