संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम ल्याउँदै छ ।
सरकारले आज संघीय संदमा आगामी आवको नीति तिथा कार्यक्रम पेस हुने भएको हो । मंगलबार दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
हरेक वर्ष जेठ १५ गते सरकारले आउँदो आर्थिक वर्षको बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । नीति तथा कार्यक्रम माथि प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै हुनेछ । पारित भएपछि जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत हुनेछ।