अर्थतन्त्रमा क्रमिक सुधार हुँदैछ, महँगी र ब्याजदर पनि घट्यो: राष्ट्रपति पौडेल « Arthapath.com
१ जेष्ठ २०८१, मंगलवार

अर्थतन्त्रमा क्रमिक सुधार हुँदैछ, महँगी र ब्याजदर पनि घट्यो: राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रको सुधार सरकारको मुख्य प्राथमिकतामा रहेको बताए । आगामी आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराएका छन्।

अर्थतन्त्रको सुधार, पुनरुत्थान, उत्पादकत्व वृद्धि प्राथमिकतामा रहेको बताए । उनले रोजगारी सृजना लगायत सार्वजनिक सेवा प्रवाहमा सरली गरिने बताए ।

वित्त एवम् मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा सुधार आएको राष्ट्रपति पौडेलले बताए । उनले भने,‘अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिदरमा सुधार आएको छ भने मुद्रा स्फीतिदर घटेको छ ।’

यसका साथै सम्वद्ध कानुनमा परिमार्जन गरी लगानीयोग्य वातावरणमा सुधार भएको उनले बताए । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम हुँदा ब्याजदर कमी हुदै आएको बताए । उनलेभने,‘बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य पुँजी रहेको र बैंकको ब्याजदरमा कमी आएको छ ।’


प्रतिक्रिया दिनुहोस्