बैंक, वित्तीय संस्था, सहकारी, बीमा र पुँजी बजारका समस्या क्रमश समाधान गरिने « Arthapath.com
१ जेष्ठ २०८१, मंगलवार

बैंक, वित्तीय संस्था, सहकारी, बीमा र पुँजी बजारका समस्या क्रमश समाधान गरिने



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नियमन र सुपरिवेक्षणलाई दृढ गर्दै वित्तीय क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धी र भरपर्दो बनाइने बताए ।

उनले आगामी आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराएका छन्।

बैंक तथा वित्तीय कम्पनीमा देखिएका समस्या क्रमश समाधान गरिने उनले बताए । उनले भने,‘बैंक तथा वित्तीय संस्था, लघुवित्त, सहकारी, बीमा र पुँजी बजारलाई देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका अध्ययन र प्राप्त सुझावका आधारमा क्रमश कार्यान्वयन गरिने छ ।’

यसका साथै लघुवित्तका ऋणीलाई कर्जा पुनताजर्कीरण तथा पुनसंरचना गरिने बताए । यस्तै, सार्वजनिक ऋणको विवेकपूर्ण छनौट गरि अधिकतम प्रतिफल प्राप्त हुने क्षेत्रमा परिचालन गरिने बताए । आन्तरिक ऋणको उपयोग, पुँजी निर्माण तथा उत्पादनशी क्षेत्रमा मात्र गरिने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्