सरकारले विद्युत प्राधिकरणका संचालकबाट आचार्य र पुनलाई हटायो « Arthapath.com
२० श्रावण २०८१, आईतवार

सरकारले विद्युत प्राधिकरणका संचालकबाट आचार्य र पुनलाई हटायो



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका संचासकद्वा कपिल आचार्य र भक्त बहादुर पुनलाई सरकारले हटाएको छ ।

विद्युत महसुल विवादमा नोट अफ डिसेन्ट लेख्ने प्राधिकरणका संचालक आचार्य र पुनलाई सरकारले हटाएको हो । आज अर्थात् साउन २० गतेदेखि लागू हुनेगरि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले उनीहरुलाई संचालकबाट हटाएको छ ।

डेडिकेटेड र ट्रंक लाइन विद्युत महसुल नतिरेको भन्दै प्राधिकरण विभिन्न उद्योगहरुमो लाइन काटेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, विद्युत नियमन आयोग लगायतको निर्देशनपछि उद्योगमा लाइन जोड्न प्राधिकरण तयार भएको थियो ।

विशेषगरि आयोग निर्देशनपछि प्राधिकरण संचालक समितिको बैठकबाट लाइन काटिएको उद्योगमा विजुली जोड्ने सहमति भएको थियो । प्राधिकरणले संचालक समितिको बैठकबाट ३ महिनाभित्र बक्यौता तिर्ने शर्तमा लाइन जोड्ने निर्णय गरेको थियो । सो निर्णय विरुद्ध संचालक आचार्य र पुनले नोट अफ डिसेन्ट लेखेका थिए । उनीहरुलाई सरकारले स्पष्टीकरण पनि सोधेको थियो । तर, स्पष्टीकरण चित्तबुझ्ने नआएको भन्दै सरकारले संचालकबाट हटाएको बताइएको छ ।

नेपाल विद्युत् प्राधिकरण ऐनको दफा ९ मा नेपाल सरकारले विद्युत् प्राधिकरणमा सञ्चालक मनोनयन गर्न र हटाउन सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुरूप सञ्चालक आचार्य र पुनलाई पदमुक्त गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्