अर्थतन्त्र सुधार गर्न माैद्रिक निती लचिलाे बनाइएकाे हाे: अर्थमन्त्री पाैडेल
काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेलले माैद्रिक निती ऐतिहाँसिक रूपमा लचिलाे बनाईएकाे बताए । सरकारले विग्रिएकाे अर्थतन्त्र सुधारकै लागी सरकार डटेर काम गर्ने बताए । अर्थतन्त्र थप सुधार गर्न थप सुझाव दिन मन्त्री पाैडेलले बताए ।
नेपाल आर्थिक पत्रकार समाजकाे २६औं वार्षिक साधारणसभाकाे उद्घाटन गर्दै अर्थमन्त्री पाैडेलले निजी क्षेत्रले अव गुनासाे गर्नु नपर्ने बेला आएकाे बताए । ‘अव गुनासाे हाेईन समाधान गर्ने वेला आएकाे छ ।’
अर्थमन्त्री पाैडेलले बजारमा आम मागमै न्युनतामा रहेकाे बताए । एक वर्षमा तिन अर्थमन्त्री मुलुकले व्यहाेर्ने अस्थिरता रहेकाे पाैडेलले बताए । अव ति अस्थिरताकाे अन्त्य हुने उनले बताए ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधार गर्न माैद्रिक निती लचिलाे ल्याएकाे बताए । उनले अर्थतन्त्रमा आन्तरिक क्षेत्र सुधार हुँदै गएकाे र बाह्य क्षेत्र सकारात्मक रहेकाे बताए ।
गभर्नर अधिकारीले साउनबाट यता सरकारकाे राजश्व सुधार हुँदै आएकाे बताए । उनले साउन महिनामा ३ अर्बमात्र कर्जा प्रवाह भएकाेमा हाल बढेर भदाैमा १२ अर्व कर्जा प्रवाह भएकाे बताए ।
नेपाल उद्याेग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई खुम्च्याउनेगरी बैंकर व्यापारी छुट्याउने संवन्धी बाफिया सच्याउन अर्थमन्त्रीलाई आग्रह गरे ।
बैंक वित्तिय संस्थामा प्रसस्त लिकुडिटी रहेकाे अवस्थामा लगानीकाे वातावरण बन्नेगरी सरकारले कन्फिडेन्स ल्याउनुपर्ने बताए । निर्माण व्यावसायीकाे चुक्तानी गरेर सरकारले काम लगाएर भुक्तानी पनि दिन्छ भन्ने भास्य स्थापित हुनुपर्ने बताए ।
उनले खुल्ला सिमानाकाे कारण मुलुकले ठुलाे कर चुहावट रहेकाे बताए ।
नेपाल उद्याेग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले
अर्थतन्त्र सुधारकाे लागी सेजनले समाचारकाे माध्यमबाट अर्थतन्त्र सुधारमा ध्यान दिनुपर्ने बताए । उनले अहिले बजारमा माग बढ्न नसकेेेेकाे आयात र निर्यात घटेकाे बताए ।
अग्रवालले सरकारले छिट्टै देशमा लगानी बृद्धि गरी बजारमा माग बढ्ने वातावरण निर्वाण गर्नुपर्ने बताए ।