न्युयोर्क पुगे प्रधानमन्त्री ओली, मोदीसंग भेटवार्ता हुने

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने क्रममा आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका छन् ।
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन आउने छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता हुन लागेको हो ।
भारतीय प्रधानमन्त्री मोदीसंग नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भेट तय भएको छ । दुबै प्रधानमन्त्रीका सचिवालयले अमेरिकाको समय अनुसार सेप्टेम्बर २२ मा उनिहरुविच भेट हुने बताइएको छ ।
ओली र मोदीविच दुईपक्षिय वार्ता सेप्टेम्बर २२ साँझ ५ः३० बजे (नेपाली समय २३ बिहान ३ः४५ बजे तय भएको हो ।
प्रधानमन्त्री ओली कतारको दोहा हुँदै स्थानीय समय अनुसार शुक्रबार राति ९.४५ बजे न्युयोर्क पुगेका हुन् । प्रधानमन्त्री बनेसंगै ओली र मोदी संवाद भएको थिएन । दुई देशको प्रधानमन्त्रीविचको वार्ता बहुप्रतिक्षकासाथ हेरिएको छ ।
प्रधानमन्त्री ओलीलाई न्युयोर्कको जोन एफ केनडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा, वासिङ्टन डिसीस्थित नेपाली दूतावासका कार्याबाहक राजदूत कुमारराज खरेल, न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका काबा महावाणिज्यदूत चक्र सुवेदी र अधिकारीहरुले स्वागत गरेका थिए ।