राहत तथा उद्धार कोषमा एमालेले ५० लाख सहयोग गर्ने « Arthapath.com
१५ आश्विन २०८१, मंगलवार

राहत तथा उद्धार कोषमा एमालेले ५० लाख सहयोग गर्ने



काठमाडौं । नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ ।

मंगलबार बसेको एमाले सचिवालय बैठकले सो निर्णय गरेको हो । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुनसमेत पार्टी पङ्तिलाई निर्देश गरिएको छ ।

बैठकले बाढी तथा पहिरोमा परेर मृत्यु भएकाहरुको परिवार र घाइतेहरुको अभिभावकका रुपमा राज्य प्रस्स्तुत हुनुपर्नेमा जोड दिएको छ ।

क्षतिको यकिन विवरण संकलन गर्न र धान लगायतका कृषि बालीमा परेको असर हेरेर सम्बोधन गर्न पनि आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्