एआइसीसीआई र इटालीका वाणिज्यदूतबीच छलफल, आर्थिक सम्बन्धलाई मजबुत बनाउन साझा दृष्टिकोण
काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एआइसीसीआई) ले कोलकाता स्थित इटालीका महावाणिज्यदूत रिकार्डो डल्ला कोस्टासँग उच्च स्तरीय द्विपक्षीय बैठक गरेको छ ।
बैठकमा एआइसीसीआइका अध्यक्ष सञ्जय अग्रवाल र नेपालका लागि इटालीका मानार्थ वाणिज्यदूत प्रतिमा पाण्डेको नेतृत्वमा नेपाल र इटालीबीच व्यापार सम्बन्ध सुदृढ पार्ने उद्देश्यका साथ छलफल भएको छ ।
बैठकले उत्पादन, कृषि, पर्यटन, र प्रविधि जस्ता मुख्य क्षेत्रहरूमा सहकार्यको महत्त्वलाई जोड दिइएको थियो । दुवै देशका लागि सम्भावित वृद्धि क्षेत्रहरू पहिचान गर्दै। आगामी व्यापार मेला र व्यवसायिक फोरमहरूको योजना समेत तयार गरेको बताइएको छ । जसले सीमापार लगानी र साझेदारीका अवसरहरूलाई प्रोत्साहित गर्नेछ ।
दुवै पक्षले आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउन साझा दृष्टिकोण पुनः पुष्टि गरेका छन् । नेपाल र इटालीबीचको द्विपक्षीय व्यापार र लगानीलाई प्रवर्द्धन गर्ने र दक्षिण एशियाली बजारमा पनि संलग्नता विस्तार गर्ने सम्भावनाहरू खोज्ने उद्देश्य राखेको छ ।