क्रसर व्यवसायीहरुलाई नीतिगत रुपमा सहज गराउन आवश्यक : सभापति खाँन « Arthapath.com
३० कार्तिक २०८१, शुक्रबार

क्रसर व्यवसायीहरुलाई नीतिगत रुपमा सहज गराउन आवश्यक : सभापति खाँन



काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खाँनले क्रसर व्यवसाय मुलुकको आर्थिक परिवर्तनको लागि अपरिहार्य रहेको बताएका छन् ।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले व्यवसायीहरूको दसौँ तथा एघारौं वार्षिक साधारण सभा र तेस्रो महाधिवेशनमा बोल्दै उनले वर्तमान सरकारले पनि सो विषयलाई मध्यनजर गर्दै व्यवसायीहरुलाई नीतिगत रुपमा सहज गराउन आवश्यक रहेको बताएका हुन् ।

सरकारले तत्काल कानुनबमोजिम दर्ता भएका उद्योगहरू नवीकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए । उनले नेपाल सरकारबाट कानुनबमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा बालुवा उद्योगहरू नविकरण गरी सञ्चालन गर्ने वातावरण बनाउँदा राज्यको अर्थतन्त्र बलियो हुने दाबी गरे ।

खाँनले सुखी नेपाल र समृद्धि नेपालको परिकल्पना खानी र उद्योगको बिना सहज नहुने बताउँदै यसको प्रयोग भएको गर्न सरकारले काम गर्नुपर्ने बताएका छन् । उनले भने,“खेरा गएको नदीजन्य सामाग्रीको प्रयोग कसरी गर्ने विषयमा हामीले आज ध्यान दिन सकेका छैनौँ । यसमा ध्यान दिदाँ राज्यलाई नै फाइदा हुन्छ।’’

सरकारले क्रसर व्यवसायीको समस्या सामाधन नगरेको आरोप लगाए । उनले राज्यको अर्थनीतिले निजी क्षेत्रलाई निरुत्साहित गर्ने खालको आउँदा नीजि क्षेत्रलाई निरुत्साहित बनाएको बताए ।

उनले क्रसर महासंघ कमजोर हुनु भनेको देश नै कमजोर हुने भएकाले यस संस्थालाई बलियो बनाएर समग्र अर्थतन्त्र बलियो बनाउनको लागि सुझाव समेत दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्