तीन जलविद्युत् आयोजनाका लागि १ खर्ब ४१ अर्ब लगानी स्वीकृत « Arthapath.com
१४ मंसिर २०८१, शुक्रबार

तीन जलविद्युत् आयोजनाका लागि १ खर्ब ४१ अर्ब लगानी स्वीकृत



काठमाडौँ । लगानी बोर्डले ३ वटा जलविद्युत् आयोजनामा १ खर्ब ४१ अर्ब १३ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ। बोर्डले बुढीगण्डकी, जगदुल्ला र चैनपुर सेती जलविद्युत् आयोजनामा उक्त लगानी स्वीकृत गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको बोर्डको बैठकले ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि ७० अर्ब, १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि २३ अर्ब ५९ करोड रुपैयाँ र २१० मेगावाट क्षमताको चैनपुर सेतीका लागि ४७ अर्ब ५४ करोड रुपैयाँ लगानी स्वीकृति गर्ने निर्णय गरेको हो ।

बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी र सम्राट सिमेन्ट कम्पनीको म्याद थप गरेको छ। यस्तै पश्चिम सेती जलविद्युत् आयोजनाको क्षमता ७५० मेगावाटबाट बढाएर ८०० मेगावाट बनाउने गरी म्याद थप गरेको छ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सेयर परिवर्तन र सम्झौतापत्र संशोधन गरिएको छ।


प्रतिक्रिया दिनुहोस्