टिआइपीएफ सम्झौता कार्यान्वयनका विषयमा छलफल « Arthapath.com
९ पुष २०८१, मंगलवार

टिआइपीएफ सम्झौता कार्यान्वयनका विषयमा छलफल



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङबीच मंगलबार शिष्टाचार भेट भएको छ।

सिंहदरबारमा भएको भेटका क्रममा हालै सम्पन्न नेपाल–कोरिया बिच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेम वर्क (टिआइपीएफ) सम्झौता कार्यान्वयनका विषयमा छलफल भएको छ ।

उद्योग मन्त्री भण्डारी र कोरियन समकक्षी इन्क्यो च्योङबीच गत हप्ता मात्रै कोरियाको राजधानी सिओलमा टिआइपीएफ सम्झौतामा हस्ताक्षर भएको थियो । टिआइपीएफ सम्झौताले दुई देशबिचको कूटनीतिक, सांस्कृतिक र आर्थिक सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास गरिएको छ ।

कोरियाको सरकारले दक्षिण कोरियाली कम्पनीहरूद्वारा नेपालमा जलविद्युत्, अटो मोबाइल एसेम्बललगायत क्षेत्रमा लगानी गरेको जनाएको छ । टिआइपीएफ सम्झौताले दुई देशबिचको सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने बताइएको छ ।

गत हप्ता सम्पन्न भएको मन्त्री भण्डारीको कोरिया भ्रमणका बेला नेपाल र कोरियाका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको समेत सहभागितामा लगानी सम्मेलन लगायत विविध छलफल हुनु सकारात्मक पक्ष रहेको राजदूत थेयङको भनाई छ । उनले दुई देशका व्यवसायीहरूको छलफल तथा अन्तरक्रिया लगानीको वातावरणका विषयमा थप बुझ्ने मौका प्राप्त भएको बताए ।
उद्योगमन्त्री भण्डारी हालै कोरियाको भ्रमण गरी फर्किएका छन् ।
भ्रमण पश्चात् कोरियाली लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको बताए ।

मन्त्री भण्डारीले कोरियन लगानीकर्ताका लागि नेपालमा उपयुक्त वातावरण निर्माण भएको बताए । आफ्नो कोरिया भ्रमण उपलब्धिमूलक बनेको बताउँदै दुई देशबिचको कूटनीतिक सम्बन्ध कायम भएको ५० वर्ष पुगेको अवसरमा थप सौहार्दपूर्ण वातावरण बनेको जानकारी गराए ।

विगतमा कोरिया र नेपाल समान अवस्थामा रहेको भएता पनि हाल कोरियाले पूजिँ र प्रविधिमा राम्रो विकास गरिसकेको हुँदा कोरियाको पूजिँ र प्रविधिबाट नेपाल समेत लाभान्वित हुने गरी सहकार्य अघि बढाउनुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस्