नेपाल फुटवेटरमा आत्मनिर्भर छ : मन्त्री भण्डारी

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल फुटवेटरमा आत्मनिर्भर भएको बताएका छन् ।
२३औं वार्षिक साधरणसभा तथा २५औं स्थापना दिवसको अवसरमा आयजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
मन्त्री भण्डारीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए ।’अब ‘मेरो देश मेरो उत्पादन’लाई राष्ट्रिय अभियानका रुपमा यसको निर्यात गर्ने हामी नेपाल अरुको मात्रै बजार होइन। नेपाली बजार नेपालको उत्पादन अरु पनि हामीले बजार विस्तार गर्न सक्छौ’ उनले भने ।
नेपाली वस्तु अब विश्व बजारमा पुर्याउने गरी सरकारले काम गरिरहेको उनको भनाइ छ।
सरकारले एकीकृत व्यापार रणनीतिका कुराहरुलाई केन्द्रित गरेर योजना बनाएको उनले बताए ।
उनले नेपाली बजार नेपालको उत्पादन अन्य देशमा पनि निर्यात गर्ने गरी छलफल भइरहेको बताए । ‘हामीले बजार विस्तार गर्न सक्छौ। त्यसका लागि हामीले विभिन्न मुलुकसँग छिमेकी मुलुकहरुसँग पछिल्लो पटक हामीले छिमेकी मुलुक भारतसँग खासगरी हामीले एनएस प्राप्त गरेका हाम्रो गुणस्तरीय स्ट्यान्डर्ड छ ।
त्यसैगरी भारतमा बिआई एस भन्ने छ बि एस प्राप्त गर्नका लागि आवश्यक प्रक्रिया विभिन्न छलफल गर्यौ । ‘नेपाली वस्तु अब विश्व बजारमा पुर्याउने त्यसमा पनि मूलतः छिमेकी मुलुक भारतमा हामीले भारतको सबैभन्दा ठुलो ट्रेडिङ नेपाल हो। नेपालका वस्तु पनि भारतीय बजारमा हामीले त्यसको सहजीकरणको प्रक्रिया आजको आईसी बैठकमा यी विषय विशेष प्राथमिकताका साथमा अगाडि बढेको छ’ उनले भने।
पछिल्लो समय सरकारले अमेरिकासँग फ्रेमवर्कमा चाहिँ एग्रिमेन्ट गरेको बताए।
त्यसमा पनि नेपाली वस्तुहरु कुन सहज किसिमले निर्यात गर्न सक्ने गरी वातावरण बनेको उनको भनाइ छ ।
उत्पादनलाई कसरी सहुलियत दिनुपर्ने हो त्यो खालको सहुलियत दिन नसकेको उनले बताए ।
अब सरकारले न्यून ब्याज दरमा चाहिँ लोन दिने कुरालाई पनि अगाडि बढाएको उनले जानकारी दिए ।