मन्त्रिपरिषद बैठकका २९ निर्णयहरु सार्वजनिक (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद बैठकका पछिल्ला निर्णयहरु सार्वजनिक भएका छन् । गत शुक्रबार (पुस २६ गते ) बसेको मन्त्रिपरिषद् बैठकका २९ वटा निर्णयहरु सार्वजनिक भएका हुन् ।
बैठकले समृद्धिका लागि वन परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने थप १२ मिलियन अमेरिकी डलर अर्थात् करिब १ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
यस्तै, चालु आर्थिक वर्ष २०८१–८२ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ८६७.३८ रुपैयाँ तोकिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सोही बैठकले निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक गतिविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ र सुसान प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्वन्धी केहीनेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।