सूचना प्रविधिको विकासबाटै मुलुकको अर्थतन्त्र सुधार गर्न सकिन्छ : सञ्चार मन्त्री गुरुङ « Arthapath.com
१७ माघ २०८१, बिहीबार

सूचना प्रविधिको विकासबाटै मुलुकको अर्थतन्त्र सुधार गर्न सकिन्छ : सञ्चार मन्त्री गुरुङ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि मार्फत नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने आधारहरु सिर्जना गर्न मन्त्रालय सक्रिय हुँदै आएको बताए ।

नेपाल चेम्बर अफ कर्मशको आयोजनामा बिहीबारदेखि भृकुटिमण्डपमा सुरु भएको ‘८ औँ नेपाल चेम्बर एक्पो २०२५’ लाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले आइटी क्षेत्र बलियो बनाउन पुर्वाधारगत संरचना र नीतिगत संरचना निर्माणमा मन्त्रालय लागेको जानकारी गराए ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका गुरुङले विगतमा नेपालको अर्थतन्त्र कोममा रहेको बताउदै अहिलेको सरकारको प्रयासले आईसियुमा ल्याउन सफल भएको धारणा व्यक्त गरे ।

पछिल्लो समय सूचनाप्रविधिको विकासबाटै देशको अर्थतन्त्र सुधार गर्न सकिने आधारहरु खुलाउदै मन्त्री गुरुङले भने,‘हामी नीतिगत र सुर्वाधार निर्माण दुवैमा सक्रिय भई काम गरिरहेका छौँ ।’ उनका अनुसार यसै वर्ष भित्र नेश्नल पार्क, आइटिपार्क लगायतका आइटि क्षेत्रको इन्फास्टक्चर निर्माण गरिनेछ ।

सरकारकाले ल्याएको अध्ययादेशले व्यवसायीहरुमा उत्साह थपेको र अर्थतन्त्रमा यसले सकरात्मक प्रभाव पार्ने बताए । उनले मन्त्रालयमा एआई नीति मस्यौदा छलफलका क्रममा रहेको बताए । डिजीटल नेपाल अभियानमा जोड दिएर राज्यको अर्थतन्त्रमा ५ प्रतिशत योगदान पुर्याउने सरकारको दिर्घकालीन लक्ष्य रहेको समेत उनको भनाई छ।

नेपालमा आइटी क्षेत्रबाटै रोजगारको भविष्य सुनिश्चत गर्न सकिने प्रशस्त आधारहरु सिर्जना गर्न मन्त्रालय सक्रिय रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्