बढ्यो दौरा सुरुवाल मोह « Arthapath.com
२० श्रावण २०७६, सोमबार

बढ्यो दौरा सुरुवाल मोह



काठमाडौं । मुलुक धर्म निरपेक्षातामा गएपछि हाम्रा कतिपय रितिरिवाज र परम्परा पनि हराउँदै गएको महसुश हुन थालेको छ । धर्मनिरपेक्ष राष्ट्र घोषणा भएसँगै यसका पक्षमा र विपक्षमा व्यापक बहस हुन थालेको छ । धर्म निरपेक्षता ८० प्रतिसतभन्दा बढी हिन्दू भएको मुलुकमा जरुरी थिएन भन्ने आवाज पनि टड्कारो छ । यसका पक्ष विपक्षमा बहज जारी रहँदा नेपालको निजी क्षेत्रका व्यावसायी तथा बैंकका उच्च तहका कर्मचारीमा देखिएको दौराशुरुवाल मोह भने कर्पोरेट ड्रेसको रुपमा विकसित हुँदै आएको देखिन्छ ।

हरेका साता आइतबार हिमालयन बैंकमा भिन्न परिवेस भेटिन्छ । बैंकमा सबैजसो कर्मचारी दौरा शुरुवालमा सजिएर आउँछन । हिमालयनमात्रै होइन अहिले कर्पोरेट सेक्टरमा दौरासुरुवाल धेरैले लगाउन थालिसकेका छन । हिमालयनमा जस्तै साँग्रिला डेभलपमेन्ट बैंककमा कर्मचारीले पनि हरेक आइतबार दौरा सुरुवाल लगाउँछन । त्यस्तै जनरल इन्स्योरेन्स कम्पनीमा पनि सिनियर कर्मचारीले बेला वखत दौरासुरुवा लगाउने गर्छन ।

उता मेगा बैंकका सिईओ हुँदा नियमित झै दौरासुरुवालमा ठाटिँने अनिल केशरी शाह अहिले पनि बेलाबेलामा दौरा सुरुवालमै देखिन्छन । शाह अहिले नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो बैंक नविल बैंकका सिईओ छन । किशोर मर्हजन शिभिल बैंक छउन्जेल उनले त्यहाँ पनि दौरा शुरुवाल अनिवार्यजस्तै गरेका थिए । सिभिल बैंकमा अहिले पनि सिनियर स्टाफहरुले हरेक आइतबार दौरा शुरुवाल र साडी चोली नै लगाउँछन ।

सरकारी अफिसका माथिल्लो तहका कर्मचारीले प्रायः लगाउने दौरा शुरुवाल अहिले प्राइभेट सेक्टरमा पनि बढ्दो आर्कषण छ । बैंक वित्तिय क्षेत्रमा काम गर्ने कर्मचारीहरुमा कर्पोरेट कल्चरको रुपमै दौरासुरुवाल भित्रिसकेको छ । अन्य व्यावसायीक प्रतिष्ठानहरुमा पनि दौरासुरुवाल मोह अहिले वेस्सरी मौलाएको छ । चौधरी ग्रुपका युवा व्यावसायी करण चौधरी बेला बेलामा दौरासुरुवालमा ठाटिने गर्छन । अग्ला कदका उनि दौरासुरुवाल लगाएर अफिस आउँदा अरु स्टाफ पनि लोभिने गरेको बता छन ।

नेपालको बैंकिङ क्षेत्रमा पहिलो दौरा सुरुवाल सुरु गर्ने बैंक हिमालयन बैंक हो भने पहिलो सिईओ पृथ्वीबहादुर पाँडे हुन । हिमालयन बैंकमा आजभन्दा २१ अगाडी सूरु भएको दौरा सुरुवाल प्रचलन त्यहाँबाट छाडेका किशोर मर्हजनले पछि सनराईज बैंक हुँदै सिभिल बैंकमा पनि साताको १ दिन दौरासुरुवाल र साडी अनिवार्य गरे । हिमालयनले आजभन्दा २१ व्र्ष अगाडीनै दौरा सुरुवालको सुरुवात गरेको हो सिईओ अशोक राणाले भने अहिले सांसद मन्त्रीहरुले राष्ट्रिय पोषाक लगाउन छाडेको र राष्ट्रियता जोगाउन लागिपरेको राणाले बताए ।

हिमालयन बैंक मात्र होइन अहिले कर्पोरेट सेक्टरमा ग्ल्यमरस बन्दै गएको छ दौरा सुरुवाल पोषाक । जव जव देशमा धार्मिक संकट पर्छ तव सबै क्षेत्रमा यसको प्रेसर छ भन्छन अशोक राणा । २१ वर्ष अघि सुरु भएपनि हिमालयन बैंकमा कन्टिन्यू थिएन । माओवादी द्वन्द्वको समयमा दौरासुरुवाल बन्द गरिएको बताएछन हिमालयन बैंकका डिजिएम उज्ज्वलराज राजभण्डारी । जनयुद्धको समयमा दौरा सुरुवाल लगाएका मान्छेलाई माओवादीले शाही पोषक भनेर विरोध गथ्र्यो ।

राष्ट्रियता झल्कने र आफैमा पनि राम्रो देखिने हुनाले मैले काम गरेको सबै बैंकमा अनिवार्य गरेको थिएँ भन्छन पुर्व बैंकर किशोर मर्हजन । उनले हिमालयन बैंक छोडेर सनराइज बैंकमा जाँदाँ त्याहा पनि अनिवार्य दौरासुरुवाल र साडी अनिवार्य गरेका थिए । सनराईज बैंकमा किशोरले सिईओ छोडेको लामो समयसम्म पनि दौरासुरुवाल कल्चर चल्यो । सनराइजमा हाल दौरासुरुवाल प्रचलन छैन ।

त्यसैगरी किशोर मर्हजनले सुरु गरेको सिभिल बैंकमा हालसम्म पनि आइतबार दौरासुरुवाल लगाइन्छ । बैंकको ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख विजयराम कसजो भन्छन । हरेक आइतबार सिभिल बैंकमा सबै म्यानेजर लेवलका कर्मचारीले दौरा सुरुवाल र साडी लगाउने गरेको उनले बताए । सिभिलमा किशोर मर्हजन सिईओ हुँदा सुरु गरेको दौरासुरुवालको कारण बजारमा धेरै चर्चा थियो । नयाँ बैंकको नयाँ ट्रेण्ड भनेर सहित कतिपयले व्याख्या गरेका थिए ।

पुर्व बैंकर तथा हाल ललितपुर प्याट्रिअट्सका अध्यक्ष किशोर मर्हजन अहिले पनि बेला बखत दौरा सुरुवालमै भेटिन्छन । भन्छन लगाउन सजिलो र सस्तो सबै ग्रुपमा एक्ट्रा देखिने भएकोले पनि म प्रायः सभा समारोहमा दौरासुरुवाल नै लगाउँछु । हाल ललितपुर क्रिक्रेट कल्व अध्यक्ष किशोर भन्छन त्यतिबेला स्टाफहरु सबैले मन पराए । गाडीमा हिड्दा होस या अन्य सभामा हुँदा दौरा सुरुवाल लगाएको भनेपछि छुट्टै रेस्पोन्स हुन्थ्यो ।

त्यस्तै पछिल्लो समय साँग्रिला विकास बैंकमा पनि दौरासुरुवाल प्रचलन सुरु भएको सिईओ सुयोग श्रेष्ठले बताए । मैले ४ महिना देखि सिनियर स्टाफहरुमा दौरासुरुवाल र साडी प्रचलन सुरु गरेको हुँ सुयोगले भने । राष्ट्रियता प्रति सदभाव जागेर नै सुरु गरेको श्रेष्ठले बताए ।

कुनैबेला सिटिजन्स बैंकका सिईओ राजनसिंह भण्डारीले पनि दौरासुरुवाल प्रायः लगाउँछन । त्यस्तै नविल बैंकका सिईओ रहेका अनिल शाह पनि बेला बखत दौरा सुरुवाल लगाउने गरे पनि उनले बैंकमा अनिवार्य भने गरेका छैनन । उता जनरल इन्सयोरेन्सका कर्मचारीले पनि बेला बेलामा दौरा सुरुवाल लगाउँछन । उता नेपाल इन्स्योरेन्समा पनि नियमित नभएपनि कम प्राय कर्मचारीहरुले दौरासुरुवाल लगाउने गरेका सिईओ विजय बहादुर शाह बताउँछन । अहिले सरकारका कतिपय मन्त्रीले पनि दौरासुरुवाल लगाउँदैनन् । चटक्क ढाकाटोपी र दौरासुरुवालमा सजिएका कर्मचारीसँग ग्राहाकको पनि आर्कषण उत्तिकै देखिन्छ ।

निजी क्षेत्रमा फैलदो दौरा सुरुवाल

सरकारी औपचारिक कार्यक्रममा मात्रै लगाइने दौरा सुरुवाल अहिले नेपाल सरकारका मन्त्रीहरुले पनि लगाउन छाडेका छन । तै पनि माओवादीका मन्त्री सांसद बाहेक अन्यले सरकारी औपचारिक समारोहमा दौरा सुरुवाल नै लगाउँछन । नेपाल सरकार बाहेक निजी क्षेत्रले पनि अहिले दौरा सुरुवाल केहीले अनिवार्य त केहीले आफुखुसी गरेका छन ।

१ महिना अघि सम्पन्न नाडा अटो मोवाइल डिलर्स एसोसिएसनका १३ औं वार्षिक साधारणसभा होटल याक एण्ड यतीमा सम्पन्न भयो । सो सभामा एसोसियसनका सबै सदस्यहरुले दौरा सुरुवालमा थिए । नाडा अटो मोवाइल डिलर्स एसोसिएसनले अव हुने सबै साधारण सभामा दौरा सुरुवाल लगाउने निर्णय गरेको एसोसियसनका उपाध्यक्ष कृष्ण दुलालले बताए ।

उता नेपालका निजी बैंकको साथै केही संस्थानका प्रमुखहरुले पनि दौरा सुरुवाल लगाउन थालेका छन । विभिन्न बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत देखी सिनियस कर्मचारी सम्मले दौरासुरुवालको प्रयोग बढाउँदै लगेका छन । नेपालमा विवाहमा जन्तीले पनि दौरा सुरुवाल प्रचलन बढाएका छन भने कुनै औपचारीक सरकारी समारोहमा निजी क्षेत्रका व्यावसायीहरुले पनि दौरासुरुवाल लगाउन थालेका छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्