२५ जनाले पाए सिआइपी सम्मान, को को परे त हेर्नुहोस नामावलि « Arthapath.com
२३ माघ २०७६, बिहीबार

२५ जनाले पाए सिआइपी सम्मान, को को परे त हेर्नुहोस नामावलि



काठमाडौं । सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने व्यक्ति तथा संस्थालाई सिआइपी सम्मान गर्ने भएको छ । बिहीबार प्रकाशित सूचीमा नेपाल उद्योग वाणिज्य महासंकी अध्यक्ष भवानी राणा, उपाध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्शका अधयक्ष राजेशकाजी श्रेष्ठ, परिसंघका अध्यक्ष सतिश मोर लगायतका ब्यक्तिहरु रहेका छन् ।

छनौट भएकालाई माघ २८ गते राष्ट्रिय सभामा सम्मान गर्ने कार्यक्रम रहेको व्यापार तथा निकासी प्रर्वद्र्धन केन्द्रले जनाएको छ । राष्ट्रलाई विभिन्न विधाबाट महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संस्थाको सूची तयार गरेको हो ।

ढकाललाई बैंकिङ प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी बिदेशी मुद्रा भित्र्याउने व्यवसायी, कम्पनीका तर्फबाट छनौट गरिएको हो । यस्तै राणा, श्रेष्ठ र मोर निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रर्वद्धनात्मक कार्य गरि आर्थिक विकासमा योगदान पुर्याएका व्यक्तित्वका रुपमा छनौट गरिएको हो । महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) छनोट, सम्मान तथा सुविधासम्बन्धी कार्यविधि २०७४ अनुसार सिआइपी दिइने भएको हो ।

सिआइपी दिने व्यक्ति तथा संस्थाको सूची केन्द्रले महत्वपूर्ण व्यावसायिक व्यक्ति छनोट तथा सिफारिस उपसमितिले चयन गरेका व्यक्तिले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भिआइपीको दर्जा र सिंहदरबार तथा उच्चपदस्थहरुसँग भेट्न पनि सहज हुने गर्दछ ।


प्रतिक्रिया दिनुहोस्