ललिता निवासमा कुन बैंकले कसलाई कति ऋण दिए (नामावलिसहित) « Arthapath.com
२४ माघ २०७६, शुक्रबार

ललिता निवासमा कुन बैंकले कसलाई कति ऋण दिए (नामावलिसहित)



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने विरुद्द मुद्दा दायर गरेसँगै सो जग्गा धितो राखेर बैंकहरुले समेत ऋण दिएको खुलेको छ । तर बैंकहरुले भने व्यक्तिको नाममा जग्गाधनी पुर्जा आएको र सो अनुसार ऋण दिएको जनाएका छन् । २ अर्ब १३ करोड रुपैयाँ बैंकहरुले ऋण दिएको अख्तियारले जनाएका छ । राष्ट्र बैंकले ललिता निवासको सरकारी जग्गा धितो राखेर ऋण दिएका बैंकहरुलाई अनुसन्धान भने सुरु गरिसकेको छ ।

ललिता निवासको सरकारी जग्गा धितो राखेर सबैभन्दा बढी इन्दु शर्माले नेपाल इन्भेष्टमेन्ट बैंकबाट ६९ करोड १० लाख रुपैयाँ ऋण लिएकोे छ । तर ऋण भने चुक्ता भएको छैन । यस्तै पुरुषोतम पौडेलले ४९ करोड रुपैयाँ नेपाल इन्भेष्टमेन्ट बैंकबाटै ऋण लिएका छन् ।

ऋण दिनेमा तत्कालिन आइएमई फाइनान्स इन्स्टिच्युसन, नेपाल बैंक लिमिटेड यति डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, युनिक फाइनान्स इन्स्टिच्युसनल, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक रहेका छन् । हिमालयन बैंक, आर्या तारा बचत तथा, बैंक अफ एशिया नेपाल, एनआईडिसी डेभलपमेन्ट बैंक, काष्ठमाण्डप डेभलपमेन्ट बैंक, नेपाल डेभलपमेन्ट एण्ड इम्पलायमेन्ट प्रोमशन बैंक, प्राइम कमर्सियल बैंक, किष्ट बैंक रहेका छन् ।

कसको कति ऋण

बैंकजग्गाधनीको नामऋण रकम
आइएमई फाइनान्स इन्स्टिच्युसनउमाकुमारी ढकाल र माधवी सुवेदी19000000
नेपाल बैंक लिमिटेडभारती पाण्डे10000000
यति डेभलपमेन्ट बैंकनविन पौडेल4900000
नेपाल इन्भेष्टमेन्ट बैंकपुरुषोत्तम पौडेल431000000
युनिक फाइनान्स इन्स्टिच्युसनलमन्ती गोर्खाली20000000
ग्लोबल आइएमई बैंकशोभाकान्त र उमा कुमारी37500000
लक्ष्मी बैंककामना गुरुङ143500000
लक्ष्मी बैंकसरला गुरुङ183500000
हिमालयन बैंकसंगिता कोठारी राखेचा33100000
लक्ष्मी बैंककल्याण गुरुङ143500000
आर्या तारा बचत तथा ऋणकेशव तुलाधर20000000
युनिक फाइनान्स इन्स्टिच्युसनलबन्द्री लक्ष्मी श्रेष्ठ10000000
बैंक अफ एशिया नेपालप्रविण ताम्राकार7578125
नेपाल इन्भेष्टमेन्ट बैंकविवेक कुमार सुवेदी100000000
एनआईडिसी डेभलपमेन्ट बैंकडिएलएफ डेभलपर्स150000000
काष्ठमाण्डप डेभलपमेन्ट बैंकनितू गुरुङ14000000
नेपाल डेभलपमेन्ट & इमपलायमेन्ट प्रोमशन बैंक नुतन श्रेष्ठ2000000
प्राइम कमर्सियल बैंकसन्ध्या शाक्य18200000
किष्ट बैंकसरस्वती घले गुरुङ र सरला गुरुङ100000000
नेपाल इन्भेष्टमेन्ट बैंकइन्दु शर्मा691000000
यति डेभलपमेन्ट बैंकसंदिप ढकाल4900000


प्रतिक्रिया दिनुहोस्