साँढे ५ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकि « Arthapath.com
१६ फाल्गुन २०७६, शुक्रबार

साँढे ५ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकि



काठमाडौं । जव सवारी साधनमा स्मार्ट काडको अवधारण आयो तव देखी अधिकांश सवारी चालकहरु लाईसेन्सविहीन भए । सामान्य अवस्थाको लाईसेन्सलाई स्मार्टका रुपमा अघि बढाईयो तर स्मार्ट काडको छपाईमा ढिलाई हुँदा लाईसेन्स विहीन बनेको सेवाग्राहीहरुले गुनासो गर्ने गरेका छन ।

तर सेवाग्राहीको गुनासोपछि यातायात बइवस्था विभागले केहि पहल कदमी चालेको छ । स्मार्ट काड छपाईमा ढिला नहोस भनेर केहि छपाई मेशिनहरु ल्याएको छ । करिव एउटा स्मार्ट काडको लागि सेवाग्राहीले बर्षदिन कुनुपरिरहेको छ । तर केहि सेवाग्राहीहरुले भने बर्षदिनपछि पनि लाईसेन्स नआएको गुनासो गरेका छन ।

अव त्यो समस्या केहि हदसम्म समाधान भएको छ । एकैपटक धेरै काड छाप्ने मेशिन ल्याएपछि २ लाख ४० हजार भन्दा बढी ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिएको यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवस्था विभागमा ८ लाख स्मार्ट सवारी चालक अनुमति पत्र छाप्नुपर्नेमा २ लाख ४० हजार मात्र छापिएको विभागले जनाएको छ ।

विभागले ३ चरण गरि स्मार्ट काड छापिरहेको र अझै करिव ५ लाख ५० हजार छाप्न बाँकि रहेका यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । महिनामा करिव डेढ लाख अनुमति पत्र छापिरहेको र असार महिनासम्म सबै काम सक्ने हमालले दावी गरे ।


प्रतिक्रिया दिनुहोस्