टुटल र पठाओ बन्द गर्ने विभागको चेतावनी « Arthapath.com
२८ फाल्गुन २०७६, बुधबार

टुटल र पठाओ बन्द गर्ने विभागको चेतावनी



काठमाडौं । टुटल र पठाओलाई रोक्नेगरी यातायात व्यवस्था विभागले सूचना जारी गरेको छ ।
टुटल र पठाओले कानुन विपरीत कार्य गरेको भन्दै नियम विपरीत कार्य गरेमा बन्द गर्ने सूचना जारी गरेको हो । विभागले विभिन्न प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिँदै सूचना जारी गरेको हो ।

यातायात व्यवस्था विभागले मंगलबार राती सूचना जारी गर्दै कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने सूचनामा बताईएको हो । टुटल र पठाओले कानुन विपरीत सेवामा छुट दिएको भन्दै ट्याक्सी व्यवसायीहरुले यातायात विभाग घेराउ गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्