ग्यास लुकाउने व्यवसायीलाई विभागले गर्यो २ लाख जरिवाना « Arthapath.com
४ चैत्र २०७६, मंगलवार

ग्यास लुकाउने व्यवसायीलाई विभागले गर्यो २ लाख जरिवाना



काठमाडौं । एलपि ग्यास लुकाएर राखी कृत्रिम अभाव सिर्जना गर्ने काठमाडौंको एउटा किराना पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार गरेको बजार अनुगमनका क्रममा टिका भैरवको सत्याल एण्ड किराना पसलले ग्यास लुकाएर राखेकोले विभागले २ लाख रुपैयाँ जरिवाना गरेको हो ।

नमस्ते र श्रीराम कम्पनीका २४ वटा ग्यास सिलिन्डर भएपनि उक्त पसलले लुकाएर उपभोक्तालाई ग्यास नरहेको भन्दै फर्काउने गरेका कारण कारबाही गरिएको विभागका सहप्रवक्ता दीपकराज पोखरेलले जानकारी दिए ।

विभागले यसअघि कृत्रिम अभाव सिर्जना गरी मास्क र सेनिटाइजरको मूल्य बढाउने ११ वटा औषधि पसललाई पनि २–२ लाख रुपैयाँ जरिवाना गरेको थियो । पछिल्लो समय विभागले अनुगमन ग्यास पसलमा केन्द्रित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्