मन्त्री भट्टको जिल्लामा नै दैनिक उपभोग्य बस्तुहरुमा कालोबजारी « Arthapath.com
५ चैत्र २०७६, बुधबार

मन्त्री भट्टको जिल्लामा नै दैनिक उपभोग्य बस्तुहरुमा कालोबजारी



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट यतिवेला आफै ग्राहक बनेर बजार अनुगमन गरिरहेका छन । पोखरा लगायतका शहरहरुमा गएर उनले बजारमा भएको कालोबजारी भए नभएको अनुगमन गरिरहँदा कैलालीमा भने त्यसको कुनै प्रभाव परेको छैन । उनले बजार अनुगमनमा व्यवासयीहले कृतिम अभाव र कालोबजारी गरेको पाएमा कडा भएर लाग्ने बताएका छन । बजारमा प्रयाप्त मात्रामा खाद्य सामाग्री लगायत अन्य बस्तुहरु भएतापनि कालो बजारी रोकिएको छैन ।

आयातमा पनि थप गरिरहेकाले बजारमा कुनैकिसिमको अभाव रहेको छैन । तर कैलालीका बिभिन्न बजारहरुमा ग्याँससहित दैनिक उपभोग्य खाद्द सामाग्रीहरुमा कालोबजारी भएको पाईएको छ । कोरोना भाईर (कोभीड–१९) को त्रासले व्यापारीहरुले मुल्य बढाएर सामाग बेचिरहेको उपभोक्ताहरुले गुनासो गरेका छन ।

भारतसंग जोडीएका नाकामा आवत जावतमा रोक लगाएसंगै व्यापारीहरुले कालोबजारी गर्न थालेको गुनासो गरेका छन । दैनिक उपभोग्य सामानमा कालोबजारी बढीरहेको भएपनी नीयमन गर्ने निकाय भने बेखवर जस्तै बनेको छ । बिषेश गरी ग्यासमा व्यवसायीहरुले मूल्य बृद्धि गरि उपभोक्तालाइ ठग्ने गरेको स्थानियले बताएका छन ।

सुदूरपश्चिम प्रदेशका लागि प्रयाप्त ग्यास लगायत दैनिक उपभोग्य सामाग्री रहेतापन िकालोबजारी भईरहेको गौतम गुप्ताले बताए । उनले भने “१३ सय ४० पर्ने ग्यासको व्यापारीले अहिले मुल्य बढाएर १३ सय ७५ सम्म लिएका छन । आपूर्ति सहज मात्रामा भईरहेको सनेको भएपनि व्यापारीहरुले मौकाको फाईदा उठाउने गरेका छन ।”

धनगढी उप महानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख योगेन्द« चन्दले भने “ भारतले केही नाकाहरु बन्द गरे लगत्तै कतियप व्यापारीहरुले विभिन्न दैनिक उपभोग्य सामग्रीहरुको अभाव देखाई चर्काे मूल्य असुल्ने गरेका छन । यो बिषयमा हामीहरु पनि जानकार छौँ र कालोबजारी नियन्त्रणको छिट्टै बजार अनुगमन गर्ने छौँ । बजारमा सामानहरुको अभाव नरहेको भएपनि अनावश्यक हल्लाका कारण कालो बजारीले निरन्तरता पाएको छ ।”

आफुहरुले नियमीत बजार अनुगमन गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयल कैलालीका प्रमुख कमल बहादुर पुन मगरले बताउनुभयो । बजारमा कुनैपनि उपभोग्य सामग्रीहरुको अभाव नरहेको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले दावी गरेको छ ।

चर्काे मूल्य असुलेको पाएमा कारबाही गर्ने र सामान किन्दा उपभोक्ताले अनिवार्य बिल लिनुपर्ने उनले बताए ।

उनले भने “कसैले चर्काे मूल्यमा सामान बिक्री गरीरहेको पाईए वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा सम्पर्क गर्नुहोस हामी तुरुन्त पुग्ने छौँ ।” यता जिल्ला प्रसाशन कार्यालय कैलाली भने नियमीत बजार अनुगमन भइरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्