१० लाख मास्क सहित एक जना पक्राउ
काठमाडौं । प्रहरीले १० लाख मास्क सहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले बुधवार १० लाख थान मास्क सहित सानोर्भयाङबाट गोरखाका युवराज न्यौपानेलाई नियन्त्रणमा लिएको हो । कोरोना भाइरसको हल्लाले बजारमा मास्कको कालोबजारी बढेपछि प्रहरीले सक्रिएता देखाएको छ । गत आइतवार मात्र काठमाडौंका विभिन्न स्थानमा लुकाइ राखेका करिब ८ लाख ४० मास्क बरामद गरेको छ ।
कम मूल्य पर्ने मास्क उनीहरुले अभाव सृजना गरि बढी मूल्यमा रुपैयाँ बेच्न लागेको खुलेको छ । यसरी बरामद भएको मास्क प्रहरीले कानुनी प्रकृया पुरा गरेर बेच्न सक्ने छ ।
महान्यायाधीवक्ताको कार्यालयले सोमवार प्रहरी प्रधान कार्याललाई पत्र लेख्दै बरामद गरिएका मास्क बिक्री वितरण गर्न निर्देशन दिइसकेको छ ।
यसअघि पहानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले डल्लु, कपन र सतुंगल क्षेत्रबाट कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बेच्न राखिएको १० लाख सर्जिकल मास्क बरामद गरिसकेको छ ।