स्वास्थ्यकर्मीले भत्ता पाउदा प्रहरी रित्तो हात, आइजीपीको आपत्ती « Arthapath.com
१२ चैत्र २०७६, बुधबार

स्वास्थ्यकर्मीले भत्ता पाउदा प्रहरी रित्तो हात, आइजीपीको आपत्ती



काठमाडौँ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयले नेपाल प्रहरीलाई विभेद गरेको छ। उक्त बैठकले कोरोना संक्रमतिको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ५० देखि सतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो। तर कोरोना (कोभिड–१९) भाइरसको महामारी रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीलाई भने प्रोत्साहन स्वरुप केहि पनि व्यवस्था सरकारले गरेको छैन्।

ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले स्वास्थ्यकर्मीलाई २५ देखि ७५ प्रतिशत भत्ता दिने सिफारिस गरि रहदा प्रहरीलाई भने विभेद गरेको हो। भुइचालो गयो प्रहरी। चोरी भयो प्रहरी। आतंक फैलियो प्रहरी। केहिँ विपद भए प्रहरी। तर हरेक विषम परिस्थितिमा खट्टिने प्रहरीलाई विभेद गर्नु दुखद हो। यसै परिवेशमा, आफ्नै पिताबाट सन्तानलाई फरक व्यवहार गर्न मिल्छ?, भन्दै आइजीपी ठाकुर ज्ञवालीले गृह मन्त्रालय समक्ष मौखिक असन्तुष्टि जनाए पछि गृह प्रशाशन भत्ता दिन सकारात्मक भएको छ तर दिने निर्णय भने गरि सकेको छैन्, श्रोत त्यहिँ भन्छ।

सरकारले कोरोना भाइरस रोकथामका लागि मंगलबारबाट मुलुकभर ‘लकडाउन’को घोषणा गरिसकेको छ । जसको कार्यान्वयका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन् । नेपाल दीप डटकमबाट


प्रतिक्रिया दिनुहोस्