काम रोक्न लगाएको भन्दै कुटपिट « Arthapath.com
२७ चैत्र २०७६, बिहीबार

काम रोक्न लगाएको भन्दै कुटपिट



कालीकोट । बिश्वमा फैलिएको कोरोना भाईरस रोकथामका लागि मुलुक लकडाउनमा छ । लकडाउनले नेपालमा कोरोनाको त्रास कम भएका वेला कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको केन्द्रमा त्यसको पुर्ण रुपमा उलंघन भईरहेको छ ।

लकडाउनमा विद्यालयको भवन निमार्ण रोक्न नेकपा नेतृ पार्वती सिहं सज्यालले आग्रह गर्दा सामुहिक रुपमा कुटाई खानु परेको छ । प्रदेश सरकारको अनुदानमा गाउँपालिका अध्यक्ष डम्वरवहादुर शाहीका काका खगेन्द्र शाहीले विद्यालयको भवन निमार्णको जिम्मा लिनु भएको छ । नेकपा प्रदेश ख की सचिव पार्वती सिहं संज्यालले पटक पटक काम रोक्न आग्रह गर्दा नमानेपछि नेकपा कालीकोटका अध्यक्ष धनजित शाहीलाई खवर गर्नुभयो ।

अध्यक्ष शाहीलाई खवर गरेको १५ मिनेट भित्र निमार्ण समितिका अध्यक्ष खगेन्द्र शाहीकी श्रीमती पन्चदेवल माध्यमिक विद्यालयकी प्रअ जया देवकोटा शाही, भाई र भतिजाको टोलीले नेतृ सज्याललाई कुटपिट गरेका हुन । पार्वतीको घरमै पुगेर पत्रकारलाई विद्यालयको भवन निमार्ण भईरहेको खवर गर्ने प्रशासनलाई जानकारी किन गराएको भन्दै कुटपिट गरेको पार्वती सिहं सज्यायले वताउनुभयो । कुटपिटका वेला स्थानीयले खिचेको भिडियो फुटेजले समेत घटनाको पुस्टी गरेको छ ।

कुटपिट गर्न गएका मनराज शाहीले आफुहरु हाम्रो बिरोध किन गर्नु हुन्छ भनेर खवर गर्न गएको वताउनुभयो । हामी कुट्ने नियतले गरेका होइनौ हामी माथि नै आक्रमण भएपनि सामान्य बिवाद भएको वताउनुभयो । प्रहरी प्रमुख श्यामवावु ओलियाले प्रहरी काम रोकि सकेको तर राती काम गर्ने गरेको वताउनुभयो । उहाँले त्यतीको विवादलाई खास्सै विवाद आफुले नमानेको वताउनुभयो ।

गाउँपालिका अध्यक्ष डम्वर वहादुर शाहीले आफैले कार्यापालिकाको वैठकमा सबै काम रोक्ने निर्णय गरेकाले आफुले काम गर्न दियो भन्नु गलत भएको वताउनुभयो । आफ्नो कुनै हात छैन, तर बिवादमा जोडिएकाले पनि आफुलाई केही गुनासो नभएको वताउनुभयो । भवन निमार्ण उपभोक्ता समितिका अध्यक्ष खगेन्द्र वहादुर शाही गाउँपालिका अध्यक्ष डम्वरवहादुर शाहीका काका हुनुहुन्छ ।
झडपको अवस्था आउदा सम्म पनि प्रहरी प्रशासनले भने धेरै कुरा लुकाईरहेको छ । उहाँले अन्त जिल्लामा लकडाउन उलंघन गर्नेलाई प्रशासनले कार्वाह ीगर्न हुने यता किन नहुने भन्दै गुनासो गर्नुभयो । आफुलाई यो घटनामा जोड्नु राम्रो नभएको वताउनुभयो । प्रमुख जिल्लाअधिकारी कृष्णचन्द्र पौडेलले पहिलो पटक सल्लाहमा काम भईरहेको स्वीकार गर्नु भएपछि पछिल्लो समय काम रोक्न लगाएको र रोकिएको दावि गरिरहनु भएको छ ।गोरखापत्र अनलाइन


प्रतिक्रिया दिनुहोस्