प्रभु बैंकद्धारा नुवाकोटको तारकेश्वर गाउँपालिकालई पीपीई सामाग्री हस्तान्तरण « Arthapath.com
२८ चैत्र २०७६, शुक्रबार

प्रभु बैंकद्धारा नुवाकोटको तारकेश्वर गाउँपालिकालई पीपीई सामाग्री हस्तान्तरण



काठमाडौं । कोरोना भाईरस रोकथाम तथा उपचारमा सहजता तुल्याउनको लागि प्रभु बैंकले स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । कोरोना विरुद्धको अभियानमा स्वास्थ्यकर्मी तथा अन्य ब्यक्तिहरुलाई पनि सुरक्षा अपनाउनका लागि प्रभु बैंकले नुवाकोटमा सुरक्षा उपकरण पीपीई सामाग्री हस्तान्तरण गरेको हो ।

Image may contain: 2 people, including तारूके विष्णु, people sitting, people standing and indoor

शुक्रवार नुवाकोट क्षेत्र नं. २ का संघिय सांसद नाराणयण प्रसाद खतिवडा र नुवाकोट जिल्लाका एसपी अभि नाराणयण काफ्लेको उपस्थितिमा अर्थ पथ डटकमका सम्पादक विष्णु तारुकेको पहलमा तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वहादूर वस्तीलाई उक्त सामाग्री हस्तान्तराण गरिएको हो ।

Image may contain: one or more people, people sitting and indoor

उक्त सामाग्रीले गाउँपालिकामा कोरोना विरुद्ध खटिएका व्यक्तिहरुको व्यक्तिगत सुरक्षामा सहज कायम गर्ने जनाइएको छ । तारकेश्वर गाउँपालिका कार्यालय दानसिंहमा उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । सहयोग गर्ने प्रभु बैंक, सहकार्य गरिदिने अर्थ पथका सम्पादक विष्णु तारुकेलाई तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वहादूर वस्तीले धन्यवाद ब्यक्त गरेका थिए ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत भूमिका निर्वाह गरेको र आगामी दिनमा पनि यस्तै कार्य गरिरहने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्